3 years ago
October 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर अर्जुन कुमालको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २ सय ९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनायो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले १ सय ५ बलमा १० चौकासहित सर्वाधिक ६३ रन बनाए । अर्का ओपनर समिर कंडेलले ७१ बलमा ४ चौकासहित२६ रन बनाए ।
पहिलो विकेटका लागि अर्जुन र समिरले २३.१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । त्यसपछि विधान श्रेष्ठ र अभिषेक बस्नेत २५–२५ रनमा आउट भए । विधानले ३४ बलमा ५ चौका र अभिषेकले ३४ बलमा २ चौका प्रहार गरे । सन्दीप क्षेत्री २२ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए । कमल परियार र विपिन खत्रीले १३–१३ रन बनाए ।

सुदूरपश्चिम प्रदेशले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । नारायण जोशीले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । कैलाश ऐरले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउदले एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]