default_image

2 years ago

October 31, 2022

पुलिसको लगातार दोस्रो जित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एक माथि ७ विकेटको सहज जित हात पारेको छ । लगातार दोस्रो जितसँगै पुलिस शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।

जितको लागि १ सय ३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा ओपनर कुशल भुर्तेलले २८ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए ।

शंकर रानाले २४ बलमा ५ चौकासहित २९, दीपेन्द्रसिंह ऐरी १४ र राशिद खानले १६ रन बनाए । ओपनर सुनिल धमला शून्यमा आउट भए । प्रदेश एकका फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले एक एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ३५.१ ओभरमा १ सय २ रनमा अल आउट भएको थियो । प्रदेश एकले राम्रो सुरुवात गरेपनि ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि नाटकीय रुपमा पतन भएपछि सस्तैमा अल आउट भएको हो ।

पहिलो विकेटका लागि ओपनर निरज मुखिया र अंकित सुवेदीले ११.१ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अन्तिम ४६ रन जोड्न प्रदेश एकले आफ्ना सबै विकेट गुमाएको थियो ।

ललितले निरजलाई २९ रनमा बोल्ड गर्दै पुलिसलाई पहिलो सफलता दिलाए । उनले ३७ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर अंकितले ३५ बलमा ४ चौकासहित २४ रन बनाए ।

त्यसपछि विकेट पतन नाटकीय रुपमा भयो । सुजन थपलिया शून्य, मिनाश थापा ४, सोनु अन्सारी ६, कप्तान सिद्धान्त लोहनी शून्य, फिर्दोस अन्सारी र श्रवण यादव ९–९ रनमा आउट भए । विवेक आनन्द मेहताले ४६ बलमा १ चौका र १ छक्कासहित १७ रन बनाए ।

पुलिसका ललितनारायण राजवंशीले १० ओभरमा ३ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए । राशिद खानले एक एक विकेट लिए ।

पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई १ सय ९२ रनले हराएको थियो । अव पुलिसले बिहीबार लुम्बिनीसँग खेल्नेछ । समूह ए मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । प्रदेश एकले मंगलबार टियु मैदानमा बागमतीसँग खेल्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.