default_image

2 years ago

October 31, 2022

कप्तान विपिनको उत्कृष्ट बलिङमा गण्डकीको विजयी सुरुवात

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विपिन खत्रीको उत्कृष्ट बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.२ ओभरमा १ सय ३९ रनमा अल आउट भयो ।सुदूरपश्चिमका युवा ब्याटर मिलन बोहराले ६४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । गजेन्द्र बोहराले ६८ बलमा ५ चौकासहित ३५ रनमा आउट भए ।

दोस्रो विकेटका लागि गजेन्द्र र मिलन बोहराले ९८ रनको साझेदारी गर्दै जिततर्फ अघि बढाएका थिए । गजेन्द्र विपिनको बलमा कमल परियारबाट क्याच आउट भए । स्पिनर सुवास भण्डारीको २४ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका मिलन लङअफमा सन्दीप क्षेत्रीबाट आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

सुदूरपश्चिमले अन्तिम ९ विकेट मात्रै ३८ रनमा गुमाएपछि हार्न पुगेको हो । एक समय सुदूर २२ ओभरमा १०१–१ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमायो । कप्तान राजु रिजाल १, बसन्त खत्री ९, बसन्त कार्की १०, दीपक टमाटा र नारायण जोशी दुबै शून्यमा आउट भए । शेर मल्ल ३ र हेमन्त धामी ८ रनमा आउट भए ।

गण्डकीको लागि विपिन खत्रीले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ४ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । अभिषेक बस्नेतले दुई, कमल परियार र अमृत गुरुङले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले १ सय ५ बलमा १० चौकासहित सर्वाधिक ६३ रन बनाए । अर्का ओपनर समिर कंडेलले ७१ बलमा ४ चौकासहित २६ रन बनाए ।

पहिलो विकेटका लागि अर्जुन र समिरले २३.१ ओभरमा ६८ रनको साझेदारी गरेका थिए । त्यसपछि विधान श्रेष्ठ र अभिषेक बस्नेत २५–२५ रनमा आउट भए । विधानले ३४ बलमा ५ चौका र अभिषेकले ३४ बलमा २ चौका प्रहार गरे ।

सन्दीप क्षेत्री २२ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भए । कमल परियार र विपिन खत्रीले १३–१३ रन बनाए ।

सुदूरपश्चिम प्रदेशले १० ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । नारायण जोशीले १० ओभरमा २ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । कैलाश ऐरले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । नरेन्द्र साउदले एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.