default_image

2 years ago

October 31, 2022

अष्ट्रेलियाको दोस्रो जित

152 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप अन्तर्गत अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकालेको छ । प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो ।

अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा शीर्षक्रम चल्न नसक्दा आयरल्यान्ड लक्ष्यसम्म पुग्न सकेन । आयरल्यान्ड १९ औं ओभरको पहिलो बलमा १ सय ३७ रन जोड्दै अलआउट भयो । मध्यक्रममा लोरन टकरले उत्कृष्ट ब्याटिङ गरेपनि अन्य ब्याटरबाट राम्रो साथ पाउन सकेनन् । उनले ४८ बलमा ९ चौका र १ छक्कासहित नटआउट ७१ रन जोडे ।

दोस्रो ओभरको अन्तिम बलमा कप्तान एन्डी बालबर्नी प्याट कमिन्सको बलमा बोल्ड भएपछि क्रिजमा आएका टकर अन्तिमसम्म नटआउट रहे । बालबर्नी ६ रनमा आउट भएका थिए । लगत्तै तेस्रो ओभरमा ग्लेन म्याक्सवेलले पल स्टर्लिङ (११) र ह्यारी टेक्टर (६) लाई पेभेलियन फर्काउँदै अष्ट्रेलियालाई बलियो बनाए ।

चौथो ओभरमा मिचेल स्टार्कले जर्ज डकरेल र कर्टिस क्याम्फरलाई बोल्ड गरेपछि आयरल्यान्ड २५-५ को दयनीय स्थितिमा पुगेको थियो । ग्यारेथ डेलनीले १४ रन जोड्दै टकरसँग ४३ रनको साझेदारी गरे । त्यसपछि आयरल्यान्डले नियमित अन्तरमा विकेट गुमाउँदा हार बेहोर्यो ।

मार्क अडेर (११), फिओन ह्याण्ड (६), ब्यारी मकार्थी (३) र जश लिटल (१) ले राम्रो साथ दिन सकेनन् । अष्ट्रेलियाका लागि कमिन्स, म्याक्सवेल, स्टार्क र एडम जाम्पाले २-२ तथा मार्कस स्टोइनीसले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । अष्ट्रेलिया कप्तान आरोन फिन्चले ४४ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर डेविड वार्नर ३ रनमै आउट भएका थिए । मिचेल मार्श २२ बलमा २ चौका र २ छक्कासहित २८ र ग्लेन म्याक्सवेल १३ रनमा आउट भए ।

मार्कस स्टोइनिस २५ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । टिम डेविड १० बलमा २ चौकासहित १५ र म्याथ्यु वेड ७ रनमा अविजित रहे । आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । जोशुवा लिटिलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

यस नतिजासँगै समूह १ मा सेमिफाइनलको समीकरण थप रोमान्चक भएको छ । अब न्युजिल्यान्ड र अष्ट्रेलियाको समान ५-५ अंक रहेको छ । अष्ट्रेलियाले ४ खेल तथा न्युजिल्यान्डले ३ खेल खेलेको छ । इंग्ल्यान्डको ३ खेलमा ३ र आयरल्याण्डको ४ खेलमा ३ अंक छ । श्रीलंका र अफगानिस्तान ३ खेलमा २-२ अंकसाथ पुछारमा छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.