default_image

2 years ago

November 1, 2022

अस्पताल जानुपर्ने विपिनले जब मैदान पसेर तहल्का मच्चाए

177 views

0 Bookmark

भूपेन्द्र जि.सी., काठमाडौं

खेलाडीका लागि आफ्नो व्यक्तिगत प्रदर्शन भन्दा टिमको नतिजा महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक खेलाडी टिमका लागि आफूलाई जोखिममै राखेर पनि जिताउन खोज्छन् । कतिपय अवस्थामा घाइते नै हुँदा पनि टोलीका लागि खेलेका उदाहरण विश्व खेलकुदमा छन् । त्यसै उदाहरणको सुचीमा गण्डकी प्रदेशका कप्तान‌ विपिन खत्रीले आफूलाई उभ्याएका छन् ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताका दौरान विपिनले सुदूरपश्चिमविरुद्ध चोटका बाबजुद साहसिक निर्णय लिँदै टोलीलाई ६९ रनको सानदार जित दिलाए । गण्डकीलाई जिताउन ‘गेम चेन्जर’ बनेका विपिन घाइते भएर हस्पिटल जानुको सट्टा मैदान सानदार प्रदर्शनका साथ तहल्का पिट्न सफल भए ।

घाइते भएपछि एम्बुलेन्स लिन आएपनि विपिनले सानदार बलिङ प्रदर्शनमा सुदूरका ब्याटरलाई घुमाउँदै उत्कृष्ट पूनरागमन जित दिलाए । विपिनलाई अस्पताल लग्न एम्बुलेन्सनै टियु मैदानमा तयार थियो । तर विपिन अस्पताल होईन मैदान फर्किन चाहे ।

१३ औं ओभरमा मिलन बोहराले हानेको प्रहारलाई चौका बचाउने धुनमा डाइभ हान्दा उनको दायाँ तिघ्रामा चोट लागेको थियो । उनी केहि समय मैदानमै लडे । त्यसपछि अन्य खेलाडीको सहयोगमा मैदान बाहिर आए ।

पिएम कपमा फ्रन्टलाइन अस्पतालका चिकित्सक मेडिकल टिमको रुपमा छन् । उनलाई मेडिकल टोली उपचार गर्यो । उनको अनुहारमा चोटको पिडा र दुःख स्पष्ट देखिन्थ्यो । त्यसैले चिकित्सक रोशनी बास्ताकोटीले उनको खुट्टाको एक्सरे गराउन एम्बुलेन्समा अस्पताल जान सुझाव दिइन् । धेरैको शंका चोट गम्भीर होेला भन्ने थियो ।

टियु एण्डतर्फ रहेको मेडिकल बक्समा केहि समय उपचारपछि विपिन ड्रेसिङ रुममा प्रशिक्षक रिजन प्रजुसँग निराश मुद्रामा बसेका थिए । यसो हेर्दा एम्बुलेन्सको पर्खाइ अनुमान गर्न सकिन्थ्यो । अनुमान विपिन अव हस्पिटल जान्छन् र यो खेल गुमाउँछन् भन्ने थियो । तर त्यो अनुमान विपरित विपिन मैदानमा उत्रिए ।

विपिन नहुँदा गण्डकीलाई ठूलो घाटा लाग्ने पक्का थियो । किनभने टोलीमा कप्तानसँगै प्रमुख बलरको अभाव हुन्थ्यो । तर विपिनले अस्पताल होईन मैदान गएर तहल्का पिटे । उनकै सानदार प्रदर्शनमा गण्डकी विजयी भयो । विपिनको स्पिनमा गती हुँदा खेल्न कठिन पर्छ । ब्याटिङमा विपिन हिटरको रुपमा चिनिन्छन् । उनी गण्डकीको स्टार खेलाडीमै पर्दछन् ।

विपिन डगआउटमा केहि समय विश्रामपछि मैदान छिरे । मैदान छिर्दा पनि उनी फिट थिएनन् । खुट्टा राम्रोसँग टेक्न सकेका थिएनन् । खुट्टाले राम्रोसँग टेक्न कठिन परेको थियो । तर उनी टोलीको जित बाहेक त्यो समय अन्य केहि सोचेनन् । आफ्नो स्पिनमा सुदूरको ब्याटिङ घुमाउन सफल भए । चोटपछि सुरुवाती दुई ओभर उनको राम्रो हुन सकेन । तर पनि आफ्नो विश्वासलाई कायम राखे ।

२३ औं ओभरको पहिलो बलमा गजेन्द्र बोहरालाई कमल परियारबाट ३५ रनमा क्याच गराउँदै ९८ रनको साझेदारी तोडेका थिए । गजेन्द्र आउट हुनुअघि सुदूर २२ ओभरमा १०१-१ को अवस्थामा थियो । गजेन्द्रको विकेट गण्डकीको लागि टर्निङ प्वाइन्ट बन्यो ।

स्पिनर सुवास भण्डारीले २४ औं ओभरको तेस्रो बलमा लङअफमा मिलन बोहरालाई क्याच गराए । सेट भएका दुवै ब्याटर आउट भएपछि गण्डकीको स्पिन आक्रामण पुन: हावी बन्यो । गण्डकीका स्पिनर सुवास भण्डारी, कमल परियार र विपिन खत्रीको जोडीले पछिल्लो समय घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाउँदै आएका छन् ।

त्यसपछि विपिनले वसन्त खत्री, दीपक टमाटा र नारायण जोशीलाई आउट गर्दै उत्कृष्ट पूनरागमन गरे । २९ औं ओभरको तेस्रो बलमा दीपक टमाटालाई एलबीडब्लू आउट गरे । एक बलपछि फिनिसर नारायण जोशी बोल्ड हुन पुगे । त्यसपछि गण्डकी खेलमा पुरै हाबी भयो । उनकै उत्कृष्ट प्रदर्शनमा जितको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको सुदूर ३२.४ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । विपिनले १० ओभरमा ४३ रन खर्चेर ४ विकेट लिए ।

विपिन आफ्नो चोटको भन्दा पनि बाहिर बसेर हेर्न गाह्रो भएको बताउँछन् । ‘घाइते भएपछि बाहिर बसेर हेर्न गाह्रो हुने रहेछ । आफू खेलिरहेको हुँदा बाहिर आउन गाह्रो भएको थियो । बाउन्ड्री गइरहेको थियो । एक समय त खेल गएजस्तो अनुभव भएको थियो । आफूलाई कतिबेला जाउँ भन्ने भएको थियो । म कप्तान हुँदा यहाँबाट खेल फर्काउनु पर्छ र सक्छु भन्ने आत्माविश्वास थियो’, विपिनले खेलपछि भने ।

त्यसैमा थपे, ‘यहाँबाट जे सोचेर गएको थिए त्यहीँ हुँदा खुशी लाग्यो ।’

यता मेडिकल टिमले फ्रन्टलाइन अस्पतालबाट उनको लागि एम्बुलेन्स नै तयार पारिसकेको थियो । किनभने उनको खुट्टा र पिडा हेर्दा गम्भीर चोटको आशंका गरिएको थियो । तर उनी जसरी पनि खेल्न खोजे । उनले एक्सरे खेलपछि गराउने निर्णय लिए । हल्का टेक्न मिलेपछि जोखिम लिएर मैदान छिरे ।

‘ सुरुमा मलाई ल अब खुट्टा भाँचिएको हो कि भन्ने डर थियो । खुट्टा सुनिएको थियो । मेडिकललाई सोध्दा हल्का सुनिएको मात्रै हो । मलाई मैदानभित्र जाउँ-जाउँ भएको थियो । तर वहाँहरुले आज नखेली विश्राम गर्न भन्नुभयो । नभाचिएको भए म खेल्न सक्छु भन्ने सोचेर गएँ’, उनले भने ।

विपिनले खेलपछि एक्सरे गरेर हेर्ने बताए । गण्डकीको मंगलबार विश्राम हुँदा त्यो दिन गर्ने सोचमा छन् । त्यसपछि मात्रै उनले बाँकी खेल सोच्ने छन् । सुदूरपश्चिमसँग खेलेपछि चोट गम्भीर नभएको अनुमान गरेका छन् ।

चोटपछि जुन प्रदर्शन भयो त्यो विपिन आफैंले कल्पना गरेका थिएनन् । ‘चोटपछि यस्तो प्रदर्शन होला भनेर सोचेको त थिएन । तर मैले दुई वटा विकेट लिएपनि खेल फर्काउन सक्छु भन्ने थियो । त्यहि सोचले गएको थिएँ । यसरी खेल नै परिवर्तन गर्छु भनेर सोचेको थिइनँ’, उनले भने । मैदान भित्र मात्र होईन खेलपछि उनले राम्रोसँग टेक्न सकेका थिएनन् ।

यता मैदानमा रहेकी चिकित्सक रोशनी बास्ताकोटीले एक्कासी सुनिएको हुँदा केहि डराएको बताइन् । ‘मैदान बाहिर आउँदा एक्कासी सुनिएको थियो । दुखाई पनि थियो । हामीले मुभ र स्प्रे लगाइदियौं । आइस पनि गर्यौं । एकछिन विश्राम गराएका थियौं । खुट्टा हेर्दा भाँचिएको छैन लागेको थियो । सुनिएको र दुखाई धेरै भएको हुँदा एक्सरे गरेर हेरौं भनेर एम्बुलेन्स बोलाएका थियौं, रोशनीले हाम्रो खेलकुदसँग भनिन् ।

विपिन त्यो एम्बुलेन्समा गएनन् । खेलपछि रोशनसहितको मेडिकल टोली त्यसैमा फर्कियो । विपिन घाइते हुँदा गण्डकीको ड्रेसिङ रुममै निराश भएको प्रशिक्षक रिजन प्रजु बताउँछन् ।

‘विपिन हाम्रो टोलीको प्रमुख खेलाडी र कप्तान हुन् । उनी घाइते हुँदा ड्रेसिङ रुममै एक किसिमको निराशा आइसकेको थियो । यो भन्दा अघि प्रधानमन्त्री कपमा विपिन घाइते हुँदा एपिएफसँग जित नजिक हार्न पुगेका थियौं’, प्रजुले भने ।

त्यसैमा थपे, ‘विपिनको उपचार भइरहेको थियो । विपिनले चार विकेट लिएर खेलनै परिवर्तन गर्यो । विपिन मैदान गएपछि हामी पनि ढुक्क थियौं । नभन्दै विपिनले खेल जिताएरै छाडे ।’

विपिनलाई सोधेर नै मैदानमा पठाएको रिजन बताउँछन् । ‘तिमी सक्छौं कि सक्दैनौं हामीले सोधेका थियौं । किनभने खेलाडीको करिअरमा जोखिम लिने कुरा हुँदैन । यो पछि धेरै प्रतियोगिताहरु र त्यो भन्दा बढी करिअर छ । हड्डीमा समस्या छैन भने मासुमा हुँदा एकछिन हेर्यौ । विपिनले सक्छु भनेपछि हामीले चिकित्सकको सुझावमै पठाएका हौं’, उनले भने ।

गण्डकीले अब पर्सी बुधबार कर्णालीसँग खेल्नेछ । त्यसैले मंगलबार उनले एक्सरे गरेर हेर्नेछन् । तर सुदूरपश्चिमविरुद्ध विपिनले जुन साहस र आँटका साथ प्रदर्शन गरे त्यसलाई सबैले सम्मान गर्नुपर्छ । क्रिकेटमा टिम भावना, कप्तानी निर्णय र एक खेलाडीको प्रदर्शनले कति प्रभाव पार्छ राम्रो उदाहरण पनि हो ।

विपिन आफैंका लागि भने यो जोखिमभरिपूर्ण निर्णय थियो । उनको करिअर भन्दा ठूलो पक्कै यो प्रतियोगिता भने होईन । अर्को महिना नेपाल टि२० लिग छ । यसैपनि नेपालमा राम्रो उपचार र पर्याप्त पैसा नहुँदा चोट धेरै खेलाडीको करिअरको पुर्ण विराम बनेको छ । भावनासँगै खेलाडीले आफ्नो करिअरलाई पनि त्यतिनै ध्यान भने राख्नुपर्ने हुन्छ । विपिनले गरेको साहस र त्यसपछिको प्रतिफलको भने तारिफ जति गरेपनि कमै हुन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.