default_image

2 years ago

November 1, 2022

हसरंगाको उत्कृष्ट बलिङमा श्रीलंकालाई मध्यम लक्ष्य

126 views

0 Bookmark

एजेन्सी – स्पिनर वानिन्दु हसरंगाको उत्कृष्ट बलिङमा अफगानिस्तानले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।

ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । उस्मान घानीले २७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।

पहिलो विकेटका लागि ओपनर गुरबाज र घानीले ६.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इब्राहिम जद्रानले १८ बलमा १ चौका र १ छक्कासहित २२ र नाजिबउल्लाह जद्रान १८ रनमा आउट भए । मोहम्मद नाबी १३ र राशिद खान ९ रन बनाए ।

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कासुन रजिथा र धनन्जय डि सिल्भाले एक एक विकेट लिए ।

February 16, 2025

आइपिएलको खेल तालिका सार्वजनिक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]

February 16, 2025

लिग टु – नामिबिया फेरि पराजित

एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]

February 15, 2025

क्यानद्वारा मुख्य प्रशिक्षकको आवेदन खुला

काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]

Success

Thank you for your time.