2 years ago
November 1, 2022
एजेन्सी – धनन्जय डि सिल्भाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानमाथि ६ विकेटको सहज जित हात पारेको छ । जारी विश्वकपमा सुपर १२ बाट औपचारिक रुपमा बाहिरिने अफगानिस्तान पहिलो टोली हो ।
जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १८.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा धनन्जय डि सिल्भाले ४२ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे ।
ओपनर पाथुम निसांका १०, कुशल मेन्डिस २५, चरिथ असालांका १९ र भानुका राजपक्षे १८ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । उस्मान घानीले २७ बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
पहिलो विकेटका लागि ओपनर गुरबाज र घानीले ६.१ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । इब्राहिम जद्रानले १८ बलमा १ चौका र १ छक्कासहित २२ र नाजिबउल्लाह जद्रान १८ रनमा आउट भए । मोहम्मद नाबी १३ र राशिद खान ९ रन बनाए ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । लाहिरु कुमाराले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । कासुन रजिथा र धनन्जय डि सिल्भाले एक एक विकेट लिए ।
सुपर १२ को समूह ए मा अफगानिस्तान ४ खेलमा २ मा हार र २ खेलमा अंक बाँड्दै पुछारमा रहेर बाहिरिएको छ । अफगानिस्तानले अव अन्तिम खेल अष्ट्रेलियासँग खेल्नेछ । श्रीलंकाले अन्तिम खेलमा शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।
अंक तालिका
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा ५ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । श्रीलंका २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा हार र दुई खेलमा अंक बाँड्दै पुछारमा छ ।
सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । भारत ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
बंगलादेश ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक जोड्दै तेस्रो स्थानमा छ । जिम्बावेले ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा हार र १ मा जित सहित पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स तीनै खेलमा पराजित हुँदै पुछारमा छ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]