3 years ago
November 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराएको छ । समूह ए मा रहेको एपिएफ लगातार दोस्रो जितसँगै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ६८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ११.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको छ । एपिएफको जितमा आसिफ शेख ३२ बलमा ७ चौका र १ छक्कासहित ४२ रनमा अविजित रहे । प्रदीप ऐरी ३६ बलमा १ चौका र २ छक्कासहित २५ रन बनाए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूर २७ ओभरमा ६७ रनमा अल आउट भयो । सुदूरका लागि कप्तान राजु रिजालले ६८ बलमा २ चौकासहित सर्वाधिक २४ रन बनाए । सुदूरका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफका भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । कमलसिंह ऐरी र मौसम ढकालले दुई दुई विकेट लिए । किशोर महतो र अमरसिंह राउटेलाले एक एक विकेट लिए ।
एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराएको थियो । सुदूरपश्चिम गण्डकीसँग ६९ रनले पराजित भएको थियो । समूह ए मा एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
समूह ए मा आर्मी, एपिएफ, गण्डकी, सुदूरपश्चिम र कर्णाली छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]