default_image

3 years ago

November 1, 2022

बटलरको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डलाई बलियो लक्ष्य

212 views

0 Bookmark

एजेन्सी – कप्तान जस बटलरको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई १ सय ८० रनको बलियो लक्ष्य दिएको छ । ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

इंग्ल्यान्डका जस बटलरले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनमा रन आउट भए । त्यसअघि बटलरले दुई जीवनदान पाएका थिए ।

लोकी फर्गुसनको १३ औं ओभरको तेस्रो बलमा पुल सट खेलेका बटलरलाई ४० रनमा डर्याल मिचेलले डिप स्क्वायर लेगमा सहज क्याच छाड्न पुगेका थिए । त्यसअघि छैटौं ओभरमा केन विलियम्सनले १२ रनमा जीवनदान दिएका थिए ।

ओपनर एलेक्स हेल्स र जस बटलरले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । हेल्स ४० बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । हेल्स स्पिनर मिचेल सान्टनारका अफ साइडमा बलमा मिस हुँदा स्टम्पिङ आउट भए ।

लियाम लिभिङस्टोन २० रनमा बोल्ड भए । उनी स्कुप सट खेल्ने धुनमा लोकी फर्गुसनको बलमा बोल्ड हुँदै १४ बलमा १ चौका र १ छक्का हाने । ह्यारी ब्रुक ७, बेन स्टोक्स ८, मोईन अली ५, साम करन ६ र डेविड मलानले ३ रन बनाए ।

न्युजिल्यान्डका लोकी फर्गुसनले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । टिम साउथी, मिचेल सान्टनार र ईश सोधीले एक एक विकेट लिए । इंग्ल्यान्डलाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.