default_image

3 years ago

November 1, 2022

सन्दीपका विषयमा थुनछेकको टुंगो भोली लाग्ने

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान गराइएको छ । सोमबार अभियोजन पत्र दायर भएपछि मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनाबाहिर भन्ने निर्णय भने बुधबार मात्र हुने भएको छ ।

बलात्कार आरोपमा १० देखि १२ वर्ष कैद सजाय माग गर्दै सन्दीपविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यस्तै पीडितलाई क्षतिपूर्ति वापत ५ लाख रुपैयाँ भराउनु पर्ने अभियोग पत्रमा माग छ । एक नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । भदौ २१ गते उनीविरुद्ध प्रहरी बृत गौशालामा उजुरी परेको थियो ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । पीडित भनिएकी किशोरी नाबालिग नभएको र आफूले बलात्कार नगरेको सन्दीपले दाबी गरेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.