default_image

2 years ago

November 1, 2022

न्युजिल्यान्डमाथि उत्कृष्ट जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक

117 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा न्युजिल्यान्डलाई २० रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ को समूह ए मा दोस्रो जितका साथ इंग्ल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । न्युजिल्यान्डको लागि प्लेन फिलिप्सले ३६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । फिलिप्सको ब्यक्तिगत १४ रनमा मोईन अलीले सहज क्याच छाडेका थिए । जुन क्याच ठूलो भारी पर्न सक्थ्यो ।

साम करनले १८ औं ओभरको तेस्रो बलमा वैकल्पिक फिल्डिर क्रिस जोर्डनबाट क्याच गराएपछि जित कठिन बनेको थियो । कप्तान केन विलियम्सनले ४० बलमा ३ चौकासहित ४० रन बनाए । तेस्रो विकेटका लागि केन विलियम्सन र ग्लेन फिलिप्सले ९१ रनको उत्कृष्ट साझेदारी गर्दै एक समय जितको सम्भावना देखाएका थिए । तर बेन स्टोक्सले आदिल राशिदबाट विलियम्सनलाई क्याच गराउँदै खेलमा फर्काए ।

फिन एलेन १६, डेभन कन्वे ३, मिचेल सान्टनार १६ र ईश सोधीले ६ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्क वुड र क्रिस वोक्सले एक एक विकेट लिए ।

ब्रिस्बेनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । इंग्ल्यान्डका जस बटलरले ४७ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७३ रनमा रन आउट भए । त्यसअघि बटलरले दुई जीवनदान पाएका थिए ।

लोकी फर्गुसनको १३ औं ओभरको तेस्रो बलमा पुल सट खेलेका बटलरलाई ४० रनमा डर्याल मिचेलले डिप स्क्वायर लेगमा सहज क्याच छाड्न पुगेका थिए । त्यसअघि छैटौं ओभरमा केन विलियम्सनले १२ रनमा जीवनदान दिएका थिए ।

ओपनर एलेक्स हेल्स र जस बटलरले पहिलो विकेटका लागि १०.२ ओभरमा ८१ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । हेल्स ४० बलमा ७ चौका र १ छक्कासहित ५२ रनमा आउट भए । हेल्स स्पिनर मिचेल सान्टनारका अफ साइडमा बलमा मिस हुँदा स्टम्पिङ आउट भए ।

लियाम लिभिङस्टोन २० रनमा बोल्ड भए । उनी स्कुप सट खेल्ने धुनमा लोकी फर्गुसनको बलमा बोल्ड हुँदै १४ बलमा १ चौका र १ छक्का हाने । ह्यारी ब्रुक ७, बेन स्टोक्स ८, मोईन अली ५, साम करन ६ र डेविड मलानले ३ रन बनाए ।

न्युजिल्यान्डका लोकी फर्गुसनले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । टिम साउथी, मिचेल सान्टनार र ईश सोधीले एक एक विकेट लिए । इंग्ल्यान्डले अन्तिम खेल शनिबार श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा फराकिलो अन्तरले विजयाी हुँदा सोझै सेमिफाइनलमा पुग्नेछ ।

त्यस्तै न्युजिल्यान्डले शुक्रबार आयरल्यान्डसँग खेल्नेछ । शुक्रबार नै अष्ट्रेलियाले अफगानिस्तासँग खेल्नेछ । न्युजिल्यान्ड र अष्ट्रेलिया मध्य एक टोली पराजित हुँदा इंग्ल्यान्ड अन्तिम जितले सोझै सेमिफाइनलमा पुग्नेछ । तर इंग्ल्यान्ड, अष्ट्रेलिया र न्युजिल्यान्ड सबै विजयी हुँदा शीर्ष दुई टोली नेटरनरेटमा निर्भर हुनेछ ।

अंक तालिका

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.