default_image

2 years ago

November 1, 2022

नेरीको अर्धशतकमा नेपाली टोलीलाई उपाधि

382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी अनुभवी ब्याटर नेरी थापाको अर्धशतकमा क्यान ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ । योसँगै सिरिज उपाधि पनि नेपाली महिला क्रिकेट टोली सम्मिलित क्यान ११ ले जितेको छ

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको क्यान ११ ले ३९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाली महिला क्रिकेट टोलीका खेलाडी सम्मिलित क्यान ११ लाई जिताउन नेरी थापाले ९८ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् ।

ओपनर काजल श्रेष्ठ ८, कविता कुँवर १८, सम्झना खड्का ११, इन्दु बर्मा ४, रुविना क्षेत्री १६, सीतारानामगर ३, रोमा थापा १० र कविता जोशीले ४ रन बनाइन् ।

एमसिसीको लागि अमान्डा पोटेगरले ८ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिइन् । इसाबेल गुर्नीले दुई विकेट लिइन् । त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको एमसिसीले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

एमसिसीको लागि इंग्ल्यान्डकी पूर्व स्टार खेलाडी क्लेयर टेलरले ९८ बलमा ३ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । जेनी २५, मिया रोजर्स १८ र आमान्डाले २६ रन बनाइन् ।

एमसिसीले नेपालमा ६ खेलको सिरिज खेलेको थियो । जसमा आइसिसी यू१९सँग एक, मिक्सड ११ सँग दुई र क्यान ११ सँग तीन खेल खेलेको थियो । आइसिसी यू१९ बाहेक अन्य सबै खेलमा एमसिसी पराजित हुन पुग्यो ।

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

February 7, 2025

खुकरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]

February 7, 2025

अर्जुन ट्रफीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]

Success

Thank you for your time.