default_image

2 years ago

November 2, 2022

बंगलादेशमाथि जित्नै पर्ने दबाबमा भारत

128 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा एडिलेड ओेभलमा सुरुहुनेछ । भारतलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यो खेल जित्नै पर्ने दबाब छ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । तर दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । भारतले अव बंगलादेश र जिम्बावेसँग खेल्न बाँकी छ ।

भारतले दुबै खेल जितेमा सहजै सेमिफाइनलमा पुग्नेछ । तर एक खेलमा पराजित हुँदा अन्य टोलीको नतिजामा ध्यान दिनुपर्ने हुन्छ । भारत ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ ।

भारत आजको खेलमा पराजित हुँदा पाकिस्तानको पनि सेमिफाइनल खेल्ने सम्भावना बढ्नेछ । भारत आज पराजित हुँदा ६ अंकमा सेमिफाइनल खेल्नुपर्ने हुन्छ । पाकिस्तानले अन्तिम दुई खेल दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न चाहन्छ ।

त्यसैले भारत बंगलादेशमाथि सहज जित निकाल्न चाहन्छ । यता बंगलादेशपनि सेमिफाइनल खेल्ने आशामा छ । बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो ।

जिम्बावेमाथि ३ रनको रोमान्चक जित हात पारेको थियो । बंगलादेशले अव भारत र पाकिस्तानसँग खेल्न बाँकी छ । दुबै खेलमा विजयी हुँदा सेमिफाइनल खेल्नेछ । त्यसैले बंगलादेश अप्रत्याशित नतिजा निकाल्न चाहन्छ । बंगलादेश ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

भारतका ओपनर लोकेश राहुल राम्रो लयमा छैनन् । उनको स्थानमा ऋषभ पन्तलाई खेलाउन माग उठ्दै आएको छ । दक्षिण अफ्रिकाविरुद्ध दीनेश कार्तिक घाइते भएका थिए । उनी फिट नहुँदा पन्त खेल्नेछन् ।

त्यस्तै भारतले रविचन्द्रन आश्विनको स्थानमा युजभेन्द्र चहललाई मौका दिनसक्छ । सूर्यकुमार यादव र विराट कोहली राम्रो लयमा छन् । यी दुई ब्याटर बंगलादेशलाई घातक बन्न सक्छन् । रोहित र हार्दिक पान्ड्याबाट राम्रो प्रदर्शन चाहन्छ ।

भारतका तीव्र गतिका अर्शदीपसिंहले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नयाँ बलमा बंगलादेशका ब्याटरलाई निराश बनाउन सक्छन् । उता मोहम्मद शामी र भुवनेश्वर कुमारले साथ दिनुपर्ने हुन्छ ।

यता बंगलादेशका तीव्र गतिका बलर तस्किन अहमद राम्रो लयमा छन् । उनी भारतीय ब्याटरलाई निराश बनाउन सक्छन् । कप्तान सकिब अल हसन, नाज्मुल हसन सान्टो र अफिफ हुसैनले राम्रो ब्याटिङ गर्दै आएका छन् । मध्यक्रम बंगलादेशको समस्याको रुपमा छ । महत्वपूर्ण खेलमा लिटन दास र सौम्य सरकारबाट महत्वपूर्ण प्रदर्शन चाहन्छ ।

हेड टु हेड :

भारत र बंगलादेशबीच ११ टि२० आई खेल भएका छन् । जसमा भारत १० र बंगलादेश एक खेलमा विजयी भएका छन् ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र एक खेलमा अंक बाड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा छ । यी तीन टोलीको नेटरनरेट क्रमश : प्लस २.२२३, प्लस ०.५४७ र माइनस ०.३०४ छ ।

श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा २ मा हार र १ मा जितसहित ३ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हासहित पुछारमा रहँदै बाहिरि सकेको छ ।

सुपर १२ को समूह बी मा ३ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ शीर्षस्थानमा छ । भारत र बंगलादेशको समान ४–४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् ।

जिम्बावे ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ अंकका साथ पाँचौं र नेदरल्यान्ड्स अकं विहीन हुँदै बाहिरिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.