default_image

2 years ago

November 2, 2022

जिम्बावेमाथि नेदरल्यान्ड्सको सानदार जित

237 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि पाँच विकेटको सानदार जित हात पारेको छ । सुपर १२ मा नेदरल्यान्ड्सको यो पहिलो जित हो ।

जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन बनाए । टम कपुरले २९ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे ।

दोस्रो विकेटका लागि म्याक्स ओडाउड र टम कपुरले ७३ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । बास डि लिडे १२ बलमा २ चौकासहित १२ रनमा अविजित रहे । जिम्बावेका रिचर्ड नागरावा र ब्लेसिङ मुर्जाबानीले दुई दुई विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावे १९.२ ओभरमा १ सय १७ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले २४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए ।

त्यस्तै सेन विलियम्सनले २३ बलमा ३ चौकासहित २८ रन बनाए । जिम्बावेका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेदरल्यान्ड्सका पाउल भान मार्केनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ब्रेन्डन ग्लोभर, लोगन भान बीक र बास डि लिडेले दुई दुई विकेट लिए ।

नेदरल्यान्ड्स सुपर १२ को पहिलो खेलमा बंगलादेशसँग ९, भारतसँग ५६ र पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । अव अन्तिम खेल नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासँग आइतबार हुनेछ ।

यता जिम्बावे पहिलो खेलमा दक्षिण अफ्रिकासँग अंक बाडेको थियो । पाकिस्तानलाई एक रनले हराएको थियो । तेस्रो खेलमा बंगलादेशसँग ३ रनले पराजित भएको थियो । अव अन्तिम खेल जिम्बावेले आइतबार भारतसँग खेल्नेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र एक खेलमा अंक बाड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा छ । यी तीन टोलीको नेटरनरेट क्रमश ः प्लस २.२२३, प्लस ०.५४७ र माइनस ०.३०४ छ ।

श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा २ मा हार र १ मा जितसहित ३ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हासहित पुछारमा रहँदै बाहिरि सकेको छ ।

सुपर १२ को समूह बी मा ३ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ शीर्षस्थानमा छ । भारत र बंगलादेशको समान ४–४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् ।

जिम्बावे ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ३ मा हार र १ मा जितका साथ पुछारमा छ ।

January 18, 2025

कुशल सम्मिलित डेजर्टको लगातार चौथो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]

January 18, 2025

रुपन्देही सुपर लिग – ‘ए’ डिभिजनमा वेष्टर्न विजयी सुरुवात

सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]

January 18, 2025

महिला पिएम कप – लुम्बिनीले कर्णालीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]

Success

Thank you for your time.