default_image

2 years ago

November 2, 2022

कोहली र राहुलको अर्धशतकमा बंगलादेशलाई विशाल लक्ष्य

320 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतकमा भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ ।


एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।

लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट भए । सूर्यकुमार यादव १६ बलमा ४ चौकासहित ३० रनमा आउट भए ।

हार्दिक पान्ड्या ५, दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाए । रविचन्द्रन आश्विन ६ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे ।

बंगलादेशका मोहम्मद हसनले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसन ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.