3 years ago
November 2, 2022
एजेन्सी – भारतले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले हराउँदै सेमिफाइनल नजिक पुगेको छ ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । बंगलादेशका ओपनर लिटन दासले २७ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।
बंगलादेशलाई अन्तिम ओभरमा जितको लागि २० रन चाहिँएको थियो । तर अर्धशदीप सिंहले १४ रन खर्चिदै जित पक्का गराए । नुरुल हसन १४ बलमा २ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे । तस्किन अहमद ७ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे ।
जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ७ ओभरमा ६६ रन जोड्दै सानदार सुरुवात गरेको थियो । त्यो समय वर्षाको कारण खेल रोकिएपछि १६ ओभरमा बंगलादेशले १ सय ५१ रन बनाउनु पर्ने भएको थियो । तर वर्षापछि भने बंगलादेशले राम्रो गर्न सकेन ।

तर खेल सुरु भएको दोस्रो बलमै लिटन दास दुई रन लिनेक्रममा रन आउट भए । लोकेश राहुलले डाइरेक्ट थ्रोमा स्टम्प ताकेपछि दास पेभेलिएन फर्किनु परेको हो । त्यो विकेट बंगलादेशको लागि घातक बन्यो । त्यसपछि बंगलादेशले लगातार विकेट गुमाएको थियो ।
बंगलादेशका सकिब अल हसन १३, अफिफ हुसैन र मोसाद्देक ६ रनमा आउट भए । भारतका हार्दिक पान्ड्याले ३ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले एक विकेट लिए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । भारतका विराट कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।
लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट भए । सूर्यकुमार यादव १६ बलमा ४ चौकासहित ३० रनमा आउट भए । हार्दिक पान्ड्या ५, दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाए ।

रविचन्द्रन आश्विन ६ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहे । बंगलादेशका मोहम्मद हसनले ४ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसन ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई चार विकेट र नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । तर दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । भारतले अव आइतबार जिम्बावेसँग खेल्नेछ । भारत उक्त खेलमा विजयी हुँदा सहजै सेमिफाइनलमा पुग्नेछ ।
बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो । जिम्बावेमाथि ३ रनको रोमान्चक जित हात पारेको थियो । बंगलादेशले अन्तिम खेल आइतबार पाकिस्तानसँग खेल्नेछ ।
अंक तालिका
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र एक खेलमा अंक बाड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।
अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा छ । यी तीन टोलीको नेटरनरेट क्रमश ः प्लस २.२२३, प्लस ०.५४७ र माइनस ०.३०४ छ ।
श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा २ मा हार र १ मा जितसहित ३ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हासहित पुछारमा रहँदै बाहिरि सकेको छ ।
सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
जिम्बावे ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ३ मा हार र १ मा जितका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]