default_image

2 years ago

November 2, 2022

गण्डकीको लगातार दोस्रो जित

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८ रन बनायो । गण्डकीका अभिषेक बस्नेतले ४५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । ओपनर अर्जुन कुमाल ८८ बलमा ४ चौकासहित ४९ रनमा आउट भए ।

विधान श्रेष्ठले १ सय ४ बलमा ६ चौकासहित ४६, समिर कंडेल ४, सन्दीप क्षेत्री ८, विपिन खत्री ३ र सुवास भण्डारीले १४ रन बनाए ।

कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले ९ ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । प्रकाश जैशीले ९ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दीनेश अधिकारीले दुई विकेट लिए ।

जितको लागि २ सय ९ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४७ ओभरमा १ सय ७६ रनमा अल आउट भयो । कर्णालीको लागि हिमान्शु शाहीले १ सय १६ बलमा ८ चौकासहित सर्वाधिक ६९ रनमा अविजित रहे । कप्तान रविन्द्रजंग शाहीले ८४ बलमा ५ चौकासहित ४२ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गण्डकीका सुवास भण्डारीले १० ओभरमा २ मेडनसहित २४ रन खर्चेर ३ विकेट लिए । चन्द्र पौडेलले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । विपिन खत्रीले १० ओभरमा ४ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए । कमल परियार र अभिषेक बस्नेतले एक एक विकेट लिए ।

गण्डकीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराएको थियो । गण्डकीले अव शुक्रबार एपिएफ र आइतबार आर्मीसँग मुलपानीमा खेल्नेछ । समूह ए मा एपिएफ २ खेलमा २ मा जितका साथ शीर्ष स्थानमा छ । समान खेल र नतिजाका साथ ४ अंक भएपनि नेटरनरेटको कारण गण्डकी दोस्रो स्थानमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.