3 years ago
November 3, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपमा दक्षिण अफ्रिकाले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

उपाधि दाबेदार दक्षिण अफ्रिका पाकिस्तानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्न चाहन्छ । पाकिस्तान अंक गणीतिय सम्भावना कायमै राख्न यो खेल जित्नुपर्ने हुन्छ । आज पराजित हुँदा औपचारिक रुपमा पाकिस्तान बाहिरिनेछ ।
दक्षिण अफ्रिकाले पहिलो खेल जिम्बावेसँग वर्षाको कारण अंक बाँडेको थियो । त्यसपछि भारतलाई पाँच विकेट र बंगलादेशलाई १ सय ४ रनले हराएको थियो । आज विजयी हुँदा दक्षिण अफ्रिकाको ७ अंक हुनेछ ।
७ अंक सेमिफाइनलमा पर्याप्त हुनेछ । पाकिस्तान ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ ।
दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमा खराब लयमा छन् । उनी आफैंलाई ठूलो प्रदर्शनको दबाब छ । क्विन्टन डि कक र राइली रोसोउबाट सानदार सुरुवात चाहन्छ । भारतलाई हराउन कठिन समयमा डेविड मिलर र एडेन माक्ररमले सानदार अर्धशतकीय ब्याटिङ गरेका थिए ।

मिलरले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । उनी पाकिस्तानका बलरलाई पनि किलर बन्न सक्छन् । उनीबाट उच्च लयलाई निरन्तरता चाहिन्छ । युवा ब्याटर ट्रिस्टन स्टब्सबाट राम्रो अन्त्य चाहन्छ ।
दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण उच्च छ । कागिसो रबाडा, लुन्गी एनगिडी, एनरिच नोर्किया र वेन पार्नेल हुनेछन् । एनगिडीले भारतविरुद्ध ४ र पार्नेलले तीन विकेट लिएका थिए । यी चार तीव्र गतिका बलर घातक बन्नसक्छन् ।
यता पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम र मोहम्मद रिजवान चल्न सकेका छैनन् । पाकिस्तान यी दुई ब्याटरमा निर्भर छ । दक्षिण अफ्रिकालाई हराउन यी दुई ब्याटर चल्नै पर्ने हुन्छ । मध्यक्रम पाकिस्तानको सबैभन्दा ठूलो समस्या हो । भारतसँग ४ र जिम्बावेसँग एक रनले पराजित भएपछि सेमिफाइनल सम्भावना धेरै कठिन बनेको हो । नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

तर अझैपनि अंक गणीतिय सम्भावना छ । पाकिस्तानले दुबै खेल जित्दा ६ अंक हुन्छ । भारतले अन्तिम खेल हार्दा वा दक्षिण अफ्रिकाले बाँकी दुबै खेल हार्दा पाकिस्तान सेमिफाइनलमा पुग्न सक्ने अंक गणीतिय सम्भावना छ । मध्यक्रमका ब्याटर शन मसुद बाहेक अन्यको प्रदर्शन राम्रो छैन । इफ्तिाखार अहमद, मोहम्मद नवाज, आसिफ अली र साबद खानले उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ ।
यता पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उच्च छ । शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ र मोहम्मद वासिम जुनियर छन् । यी चारै बलर म्याच विनर हुन् । रौफ र वासिमले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । यस खेललाई दक्षिण अफ्रिका र पाकिस्तानबीचको खेल तीव्र गतिका बलरबीचको लडाईको रुपमा पनि हेरिएको छ ।
अंक तालिका
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र एक खेलमा अंक बाड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।
अष्ट्रेलिया ४ खेलमा २ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ तेस्रो स्थानमा छ । यी तीन टोलीको नेटरनरेट क्रमश ः प्लस २.२२३, प्लस ०.५४७ र माइनस ०.३०४ छ ।
श्रीलंका ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ४ खेलमा २ मा हार र १ मा जितसहित ३ अंकका साथ पाँचौं स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हासहित पुछारमा रहँदै बाहिरि सकेको छ ।
सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।
जिम्बावे ४ खेलमा १ मा जित, २ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ३ मा हार र १ मा जितका साथ पुछारमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]