default_image

3 years ago

November 3, 2022

दीपेन्द्रको उत्कृष्ट बलिङमा लुम्बिनीको मध्यम लक्ष्य

320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १ सय ८९ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेश ४४.२ ओभरमा १ सय ८८ रनमा अल आउट भयो । लुम्बिनीका लागि कप्तान देव खनालले ८८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

देवको यो लगातार दोस्रो अर्धशतक हो । देवले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ७७ रन बनाएका थिए । विशाल विक्रम केसीले ३८ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । देव र विशाल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर करण केसीले ओपनर आकाश त्रिपाठीलाई पहिलो ओभरको पाँचौं बलमा शून्यमा विकेटकिपर दीलिप नाथबाट क्याच गराए । दोस्रो विकेटका लागि प्रज्वल थापा र देव खनालले ६० रनको साझेदारी गरेका थिए ।

स्पिनर सागर ढकालले प्रज्वललाई २३ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । उनले ६२ बलमा २ चौका प्रहार गरे । सन्दीप रजाली ७ रनमा दीपेन्द्रको बलमा आउट भए । गुलशन झाको बलमा चोभारतर्फ सट खेलेका देव मिडअनमा सुनिल धमलाबाट क्याच आउट भए ।

त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो । बसिर अहमदलाई दीपेन्द्रले ५ रनमा बोल्ड आउट गरे । दीपेन्द्रले कृष्ण कार्कीलाई ९ र अनिल खरेललाई शून्यमा आउट गरे । दुर्गेश गुप्ता र मोहम्मद हुसेनलो ११–११ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । करण केसी ७ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सागर ढकालले ७.२ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । गुलशन झा र ललितनारायण राजवंशीले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.