default_image

2 years ago

November 3, 2022

फिर्दोसको पाँच विकेटमा मधेश मध्यम योगफलमा रोकियो

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर फिर्दोस अन्सारीको पाँच विकेट लिएपछि मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय १५ रनको मध्यम लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.१ ओभरमा २ सय १४ रनमा अल आउट भयो । मधेशको लागि विकेटकिपर अनिल शाहले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।

विवेक यादवले ५४ बलमा २ चौका र १ छक्कासहित ३२ र रोहन विकले ४९ बलमा ४ चौकासहित २८ रनमा आउट भए । फिर्दोसले दुवै ओपनर सन्तोष कार्की र कप्तान हरिशंकर शाहलाई आउट गरेका थिए । सन्तोष फिर्दोसको पहिलो ओभरको पाँचौं बलमा शून्यमा एलबीडब्लू आउट भए ।

हरिशंकर १५ रनमा विकेटकिपर निरज मुखियाबाट क्याच आउट हुन पुगेका थिए । फिर्दोसले विवेक यादवलाई ७ र विशाल शुश्लिङलाई ३ रनमा आउट भएका थिए ।

फिर्दोसले प्रदीप पासवानलाई एक रनमा एलबीडब्लू आउट गर्दै पाँच विकेट पूरा गरेका थिए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो पाँच विकेट हो । तल्लोक्रमका रुपेशसिंह २५ बलमा ३० रनमा आउट भए ।

प्रदेश एकका फिर्दोस अन्सारीले ९.१ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । सिद्धान्त लोहनीले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । श्रवण यादव र लव कामतले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.