default_image

2 years ago

November 4, 2022

सेमिफाइनलमा पुग्न आयरल्यान्डसँग खेल्दै न्युजिल्यान्ड

94 views

0 Bookmark

एजेन्सी– न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आज आयरल्यान्डसँग खेल्नैछ । सुपर १२ को समूह ए मा रहेको न्युजिल्यान्डले आफ्नो अन्तिम खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ४५मा एडिलेड ओभलमा सुरुहुनेछ ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न न्युजिल्यान्डले आयरल्यान्डलाई हराउनै पर्ने हुन्छ । जितले सेमिफाइनल पक्कापक्की जस्तै भएपनि नेटरनरेटको कारण अन्य खेलको नतिजा पर्खनु पर्ने हुन्छ । न्युजिल्यान्ड ४ खेलमा २ मा जित, १ मा हार र १ मा अंक बाँड्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड आज विजयी हुँदा ७ अंकका साथ शीर्ष स्थानमा उक्लिने छ ।

आज नै अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ । आजको खेलमा अष्ट्रेलिया विजयी हुँदा नेटरनरेट कम भएमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ ।

तर न्युजिल्यान्डको भन्दा धेरै भएमा इंग्ल्यान्डको नतिजा पर्खनुपर्ने हुन्छ । न्युजिल्यान्ड, अष्ट्रेलिया र इंग्ल्यान्डको समान ५ अंक छ । नेटरनरेटको कारण न्युजिल्यान्ड शीर्ष, इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

अन्तिम खेलमा विजयी हुँदा यी तीन टोलीको समान ७ अंक हुनेछ । जसमा नेटरनरेटमा सेमिफाइनल यात्रा निर्भर रहने देखिन्छ । न्युजिल्यान्डको नेटरनरेट प्लस २.२३३, इंग्ल्यान्डको प्लस ०.५४७ र अष्ट्रेलियाको माइनस ०.३०४ रहेको छ । त्यस्तै नेटरनरेट निर्णायक हुने अनुमान गरिएको छ । पराजित हुने वा वर्षाको कारण अंक बाँड्ने टोली बाहिरिनु पर्ने छ । अष्ट्रेलियालाई अन्य टोलीलाई भन्दा नेटरनरेटमा बढी दबाब हुनेछ ।

यता आयरल्यान्ड ४ खेलमा ३ अंक छ । आयरल्यान्ड सेमिफाइनलमा पुग्न न्युजिल्यान्डमाथि विशाल जित हात पार्नुपर्छ । अर्कोतर्फ इंग्ल्यान्ड र अष्ट्रेलिया मध्य एकले पनि हार्नुपर्ने हुन्छ ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स राम्रो लयमा छन् । जारी विश्वकपमा उनले बंगलादेशविरुद्ध शतक हानेका थिए । कप्तान केन विलियम्सनबाट महत्वपूर्ण खेलमा उच्च प्रदर्शन चाहन्छ । ओपनर फिन एलेन र डेभन कन्वेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
न्युजिल्यान्डलाई अन्य टोलीलाई जस्तो नेटरनरेटको भने चिन्ता खासै हुनेछैन । तल्लोक्रम न्युजिल्यान्डको कमजोरीको रुपमा छ ।

डर्याल मिचेल, मिचेल सान्टनार र जेम्श निसमबाट उत्कृष्ट अन्त्य चाहन्छ । न्युजिल्यान्डको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । ट्रेन्ट बोल्ट, टिम साउथी र लोकी फर्गुसनको सामना गर्न सहज हुनेछैन । स्पिनरमा मिचेल सान्टनार र ईश सोधी हुनेछन् ।

यता आयरल्यान्डले इंग्ल्यान्डलाई पाँच रनले स्तब्ध पारेको थियो । आयरल्यान्डका मध्यक्रमका ब्याटर लोर्कान टकर राम्रो लयमा छन् । उनले अष्ट्रेलियाविरुद्ध ७१, इंग्ल्यान्डविरुद्ध ३४ र वेस्टइन्डिजविरुद्ध ४५ रन बनाएका थिए । कप्तान एन्डी बलबिर्नीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् ।

बलबिर्नी र पउल स्टर्लिङबाट आक्रामक सुरुवात चाहन्छ । बलबिर्नी र स्टर्लिङको जोडी घातक बन्नसक्छ । आयरल्यान्डको मध्यक्रम भने कमजोरी हो । कर्टिस क्याम्फर र जर्ज डोकरेलले जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ । आयरल्यान्डका तीव्र गतिका बलर जोशुवा लिटिल, ब्यारी म्याकार्थी, मार्क आदिर र फिओन ह्यान्ड हुनेछन् ।

हेड टु हेड : न्युजिल्यान्ड र आयरल्यान्डबीच कुल चार टि२० आई खेल भएका छन् । जसमा न्युजिल्यान्ड सबै खेलमा विजयी भएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.