default_image

2 years ago

November 4, 2022

लिटिलको न्युजिल्यान्डविरुद्ध ह्याट्रिक

141 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जोशुवा लिटिलले ह्याट्रिक लिएपछि न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डलाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ ।

एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए । विलिम्यसनले ब्यारी म्याकार्थीलाई डिप मिडविकेटमा छक्का हान्दै ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।

तीव्र गतिका बलर जोशुवा लिटिलको १९ औं ओभरको दोस्रो बलमा केन विलियम्सन डेलानीबाट क्याच आउट भए । तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारलाई एलबीडब्लू गर्दै लिटिलले ह्याट्रिक पूरा गरे । उनी जारी विश्वकपमा युएईमा स्पिनर कार्तिक मयाप्पन दोस्रो खेलाडी हुन् । कार्तिकले श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका थिए ।

टि२० विश्वकपमा ह्याट्रिक लिने उनी आयरल्यान्डका कर्टिस क्याम्फरपछि दोस्रो खेलाडी हुन् । क्याम्फरले गतवर्ष नेदरल्यान्ड्सविरुद्ध ह्याट्रिक लिए । समग्रमा टि२० विश्वकपमा ह्याट्रिक गर्ने विश्वका छैटौं बलर हुन् ।

ओपनर फिन एलेनले १८ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा आउट हुँदै राम्रो सुरुवात दिलाए । डेभन कन्वे भने ३३ बलमा २ चौकासहित २८ रनमा आउट भए । ग्लेन फिलिप्स ९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा आउट भए । डर्याल मिचेलले बलमा चौकासहित रन जोडे ।

आयरल्यान्डका जोशुवा लिटिलले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । ग्यारेथ डेलानीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

टि२० विश्वकपमा ह्याट्रिक लिने बलरहरु

। यसअघि टि२० विश्वकपमा अष्ट्रेलियाका तीव्र बलर ब्रेट ली टि२० मा ह्याट्रिक लिने पहिलो खेलाडी थिए । ब्रेट लीले २००७ को टि२० विश्वकपमा बंगलादेशविरुद्ध ह्याट्रिक लिदै इतिहास रचेका थिए ।

गतवर्ष टि२० विश्वकपमा मात्र तीन ह्याट्रिक बनेका थिए । दक्षिण अफ्रिकाका कागिसो रबाडाले इंग्ल्यान्ड, आयरल्यान्डका कर्टिस क्याम्फरले नेदरल्यान्ड्स तथा श्रीलंकाका वानिन्दु हसरंगाले दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक लिँदै सनसनी मच्चाएका थिए । यस विश्वकपमा कार्तिक र लिटिलले लिएका हुन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.