default_image

2 years ago

November 4, 2022

सन्दीपको मुद्दामा सरकारी वकिलको जवाफी बहस

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा जारी थुनछेक बहसअन्तर्गत शुक्रबार जवाफी बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा तीन देखि सन्दीपको थुनछेक बहस जारी छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता गराएको बलात्कार मुद्दामा बिहीबार उनको तर्फबाट बहस सकिएको थियो । हेर्दाहेर्दैमा राखिएको मुद्दामा सरकारी पक्षलाई प्रतिवाद गर्ने समय दिइएको छ ।
जवाफी बहस सकिएमा अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीम रिहा गर्ने आदेश आजै दिने सम्भावना रहेको बताइएको छ ।

सरकारी वकिल कार्यालयले सन्दीपलाई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते मुद्दा दायर गरेको थियो । उनलाई १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । सन्दीप पक्षका बहस गर्नेले किशोरी नाबालिग नरहेको दाबी पेश गरेको बताइएको छ ।

सन्दीपले आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरी हिरासतमा राखेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.