default_image

2 years ago

November 4, 2022

रोहित र अर्जुनको अर्धशतकमा सुदूरपश्चिमलाई आर्मीको बलियो लक्ष्य

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अर्जुन साउद र रोहित पौडेललको अर्धशतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २ सय ८३ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनायो । आर्मीका ओपनर अर्जुन साउदले ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन बनाए । रोहित पौडेलले ५३ बलमा ४ चौकासहित ५२ रन बनाए ।

तीव्र गतिका बलर हेमन्त धामीले पाँचौं ओभरको अन्तिम बलमा ओपनर हरि चौहानलाई ९ रनमा विरेन्द्रनाथबाट क्याच गराए । हरि एज लागेर फष्ट स्लिपमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि भीम सार्की र अर्जुनले ९६ रनको साझेदारी गरेका थिए । भीम ६२ बलमा ३ चौकासहित ३४ रनमा मिलन बोहराको बलमा कट एण्ड बोल्ड आउट भए ।

अर्जुन गजेन्द्र बोहराको बलमा थर्ड म्यानमा सट खेल्न खोजेपनि प्वाइन्टमा गजेन्द्र भण्डारीबाट क्याच आउट भए । विनोद भण्डारी ३८ बलमा ३ चौकासहित २८ रनमा आउट भए । गजेन्द्रको बलमा ठूलो सट खेलेका विनोदलाई लङअफमा गजेन्द्र भण्डारीले लामौ दौडिएर उत्कृष्ट क्याच लिएका थिए ।

तल्लोक्रमका कुशल मल्लले २६ बलमा ५ छक्कासहित ४३ रन बनाए । सोनु तामाङ १२ बलमा २ चौकासहित १६ रनमा आउट भए । विक्रम सोब १५ र सुशन भारीले ५ रन भए ।

सुदूरका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई दुई विकेट लिए । शेर मल्ल र मिलन बोहराले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.