default_image

3 years ago

November 4, 2022

जितेन्द्र र अर्जुनको उत्कृष्ट प्रदर्शनमा आर्मीको सानदार जित

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर जितेन्द्र मुखिया र ओपनर अर्जुन साउदको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ८३ रनको बलियो विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम २९.४ ओभरमा १ सय १३ रनमा अल आउट भयो । सुदूरका बसन्त खत्रीले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । गजेन्द्र बोहरा शून्य, गजेन्द्र भण्डारी १७ र टेक रावल १५ रनमा आउट भए ।

भण्डारीले १८ बलमा ३ चौका र रावलले २३ बलमा १ चौका हाने । कप्तान राजु रिजाल २, विरेन्द्र नाथ शून्य, मिलन बोहरा १२ र बसन्त कार्कीले १४ रन बनाए । बसन्त कार्कीले १९ बलमा ३ चौका प्रहार गरे । नारायण जोशीले ४२ बलमा १ चौकासहित १९ रन बनाए ।

आर्मीका जितेन्द्र मुखियाले ६.४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । विक्रम सोब र साहब आलमले दुई दुई विकेट लिए । सोनु तामाङमाले १ ओभरमा १ मेडन राख्दै १ विकेट लिए । साहब आलमको नाममा एक विकेट रह्यो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८२ रन बनायो । आर्मीका ओपनर अर्जुन साउदले ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७३ रन बनाए । रोहित पौडेलले ५३ बलमा ४ चौकासहित ५२ रन बनाए ।

तीव्र गतिका बलर हेमन्त धामीले पाँचौं ओभरको अन्तिम बलमा ओपनर हरि चौहानलाई ९ रनमा विरेन्द्रनाथबाट क्याच गराए । हरि एज लागेर फष्ट स्लिपमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि भीम सार्की र अर्जुनले ९६ रनको साझेदारी गरेका थिए । भीम ६२ बलमा ३ चौकासहित ३४ रनमा मिलन बोहराको बलमा कट एण्ड बोल्ड आउट भए ।

अर्जुन गजेन्द्र बोहराको बलमा थर्ड म्यानमा सट खेल्न खोजेपनि प्वाइन्टमा गजेन्द्र भण्डारीबाट क्याच आउट भए । विनोद भण्डारी ३८ बलमा ३ चौकासहित २८ रनमा आउट भए । गजेन्द्रको बलमा ठूलो सट खेलेका विनोदलाई लङअफमा गजेन्द्र भण्डारीले लामौ दौडिएर उत्कृष्ट क्याच लिएका थिए ।

तल्लोक्रमका कुशल मल्लले २६ बलमा ५ छक्कासहित ४३ रन बनाए । सोनु तामाङ १२ बलमा २ चौकासहित १६ रनमा आउट भए । विक्रम सोब १५ र सुशन भारीले ५ रन भए । सुदूरका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले दुई दुई विकेट लिए । शेर मल्ल र मिलन बोहराले एक एक विकेट लिए

आर्मी पहिलो खेलमा एपिएफसँग ५६ रनले पराजित भएको थियो । आर्मीले अव आइतबार गण्डकीसँग मुलपानीमा खेल्नेछ । सुदूरको यो लगातार तेस्रो हार हो । यो हारसँगै सुदूर समूह ए बाट बाहिरिएको छ । सुदूरपहिलो खेलमा गण्डकीसँग ६९ रन र एपिएफसँग १० विकेटले पराजित भएको थियो । सुदूरले आफ्नो अन्तिम खेल सोमबार कर्णालीसँग मुलपानीमा खेल्नेछ ।

https://www.youtube.com/watch?v=y_tLG954h5I&t=2s

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.