default_image

2 years ago

November 4, 2022

एपिएफ र गण्डकीको खेल ‘टाई’

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच मुलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ अन्तर्गत समूह ए को खेल टाई भएको छ ।

एपिएफका स्पिनर मौसम ढकालले गण्डकीलाई जितका लागि १ रन आवश्यक परेको अवस्थामा अन्तिम विकेटका रुपमा कमल परियारलाई बोल्ड गरेपछि खेल टाई भएको हो । कमजोर लक्ष्य दिएको एपिएफका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै हार टारेका हुन् ।

एपिएफले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले पनि ३१ ओभरमा १ सय १५ रन मात्र जोड्न सक्यो । एक समय ४२-२ को स्थितिमा रहेको गण्डकीले नियमित विकेट गुमाउँदा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन ।

गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रनको योगदान दिए । अन्तिम विकेटको रुपमा बोल्ड भएका कमलले २५ बलमा १ चौकासहित ११ रनको योगदान दिए । गण्डकीले ओपनर समिर कँडेललाई ३ र बिधान श्रेष्ठलाई खाता नखोल्दै गुमाएको थियो । अभिषेक र अर्जुनले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरेपनि त्यसपछि गण्डकी सम्हालिन सकेन ।

करण पंगेनी ४, अमृत गुरुङ ९ र सुवास भण्डारी ६ रनमा आउट भए । कप्तान विपिन खत्रीले नवौं विकेटको रुपमा आउट हुनुअघि २० बलमा ३ चौकासहित १७ रन जोडे । उनी आउट हुँदा गण्डकीलाई जित्न १४ रन आवश्यक थियो । कमलले त्यसपछि इनिङ सम्हालेपनि अन्तिम रन जोड्ने प्रयासमा बोल्ड हुन पुगे ।

एपिएफलाई खेलमा फर्काउन स्पिनर मौसम ढकाल र तीव्र गतिका बलर किशोर महतोले ४-४ विकेट लिएका थिए । स्पिनर भुवन कार्कीले पनि २ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको एपिएफ ३५.१ ओभरमा १ सय १५ रनमा अलआउट भएको थियो । खेल ढिलो सुरु हुँदा ४३ ओभरमा घटाइएको थियो । एपिएफको लागि भुवन कार्कीले ५३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे ।

ओपनर प्रदीप ऐरी शून्य, आसिफ शेख एक, लोकेश बम २२, पुरन विक २३ र सन्दीप जोरा २२ रनमा आउट भए । सुमित महर्जन एक, शरद भेषवाकर ३ र अमरसिंह राउटेला १३ रनमा आउट भए ।

गण्डकीको लागि अर्जुन कुमालले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । अमृत गुरुङले ४.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ९ ओभरमा ४ मेडनसहित १६ रन खर्चेर २ विकेट लिए । विपिन खत्री र चन्द्रकान्त पौडेलले एक एक विकेट लिएका थिए ।

यस नतिजासँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरणमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ । एपिएफ र गण्डकी दुवैले ३ खेलमा २ जित र १ टाइसहित ५-५ अंक जोडेका छन् । आर्मीले २ खेलमा १ जित र १ हारसँगै २ अंक जोडेको छ । आर्मीले आज नै सुदूरपश्चिमलाई १ सय ६९ रनको फराकिलो अन्तरले हराएको थियो । लगातार तेस्रो हार बेहोरेको सुदूरपश्चिम समूह चरणबाट नै बाहिरिएको छ । कर्णालीले पनि १ खेलमा जित हासिल गर्न सकेको छैन ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.