default_image

3 years ago

November 4, 2022

अफगानिस्तानमाथि अष्ट्रेलियाको जित, राशिदको आक्रामक ब्याटिङ

186 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा अफगानिस्तानमाथि चार रनको जित हात पारेको छ । अष्ट्रेलिया यो जितसँगै सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । न्युजिल्यान्ड सुपर १२ बाट सेमिफाइनलमा पुगेको छ ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । अफगानिस्तानका राशिद खानले २३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहे ।
गुलबदीन नाइबले २३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

ओपनर रहमानउल्लाह गुरबाज १७ बलमा २ चौका र २ छक्का हान्दै ३० रनमा आउट भए । उस्मान घानी र इब्राहिम जद्रान ३३ बलमा २ चौकासहित २६ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रनको योगदान दिए । उनले नटआउट रहँदै ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

अष्ट्रेलियाले चोटका कारण नियमित कप्तान आरोन फिन्चलाई विश्राम दिएको थियो । उनको स्थानमा आएका ओपनर क्यामरन ग्रीन २ बलमा ३ रन जोड्दै क्याचआउट भए । डेविड वार्नरले आक्रामक ब्याटिङ गरेपनि उनी २५ रनमा पेभेलियन फर्किए । १८ बलमा ५ चौका प्रहार गरेका वार्नर स्विच हिट प्रहार गर्ने धुनमा नविन उल हकबाट बोल्ड भएका थिए ।

नविनले फ्याँकेको छैटौं ओभरकै अन्तिम बलमा स्टिभ स्मिथ पनि ४ रन जोड्दै एल्बिडब्लु धरापमा परे । अष्ट्रेलियाले पावरप्लेमा ५२ रन जोड्दै ३ विकेट गुमाएको थियो ।

मिचेल मार्श ३० बलमा ३ चौका र २ छक्कसहित ४५ रन जोड्दै मुजिब उर रहमानको बलमा कट बिहाइन्ड भए । मार्श ११ औं ओभरमा आउट हुँदा अष्ट्रेलियाले ८६ रन जोडेको थियो । मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले पाँचौ विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ अघि बढाए । स्टोइनिस १६ औं ओभरमा रशिद खानको बलमा आउट भए । उनले २१ बलमा २ छक्कासहित २५ रन जोडे ।

कार्यवाहक कप्तान म्याथ्यु वेड ८ बलमा ६ रन जोड्दै फारुकीको बलमा बोल्ड भए । प्याट कमिन्सले खाता खोल्न नसक्दा केन रिचर्डसन १ रनमा रनआउट भए । एडम जाम्पा १ रनमा नटआउट रहे ।

सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । अव शनिबार इंग्ल्यान्डले श्रीलंकासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी हुँदा अष्ट्रेलिया स्वत बाहिरिने छ ।

इंग्ल्यान्ड पराजित भएमा भने अष्ट्रेलिया सेमिफाइनल खेल्नेछ । अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ । तर अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ छ । इंग्ल्यान्डको ४ खेलमा ५ अंक छ । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.४५७ छ । यो अवस्थामा इंग्ल्यान्डलाई जित सेमिफाइनलमा पुग्न पर्याप्त बन्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.