default_image

2 years ago

November 4, 2022

विश्वकपमा खराब प्रदर्शनपछि नाबीले कप्तानी छाडे

115 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ मा खराब प्रदर्शनका साथ जित विहीन हुँदै बाहिरिएपछि अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबीले कप्तान पदबाट राजीनामा दिएका छन् ।

अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा अफगानिस्तान सुपर १२ को समूह ए मा जित बिहीन बन्दै पुछारमा रहेर बाहिरियो । अन्तिम खेलमा अष्ट्रेलियासँग चार रनको झिनो अन्तरको हारको केहि सयमै नाबीले कप्तानीबाट राजीनामा दिएका हुन् । अफगानिस्तान ५ खेलमा ३ मा हार र २ खेलमा वर्षाको कारण अंक बाँड्दै २ अंकका साथ पुछारमा बाहिरिएको हो ।

अफगानिस्तान पहिलो खेलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड र आयरल्यान्डसँग वर्षाको कारण खेल हुन नसक्दा अंक बाँडेको थियो । श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो ।

यस विश्वकपमा नाबी ३, १३ र १ रनमा आउट भएका थिए । लगातार खराब प्रदर्शनसँगै नाबीलाई सन्न्यासको समेत चौतर्फी आलोचना हुँदै आएको छ । तर नाबीले देशको लागि भने खेल्ने बताएका छन् । यदि प्रशिक्षक र छनोटकर्ताले चाहेको खण्डमा आफूले खेल्ने जनाएका हुन् । नाबीले टेस्टबाट भने गतवर्षनै सन्न्यास लिएका थिए ।

३७ वर्षीय नाबी अफगानिस्तानका सर्वाधिक सफल क्रिकेटरमा पर्दछन् । उनले अफगानिस्तानबाट तीन टेस्ट, १ सय ३३ ओडिआई र १ सय ४ टेस्ट खेल खेलेका छन् । विगत एकवर्षदेखि हाम्रो तयारी कप्तानले चाहेको वा ठूलो प्रतियोगिताको लागि चाहिँने स्तरको थिएन, नाबीले राजीनामा दिँदै भनेका छन् ।

गतवर्ष टि२० विश्वकपको समयमा राशिद खानले आफ्नो सल्लाह विनानै टोली घोषणा गरेको भन्दै कप्तानी छाडेका थिए । राशिद खान अफगानिस्तानको कप्तानको प्रमुख दाबेदार हुन् । तर उनले कप्तानी जिम्मेवारी दुई पटक छाडि सकेका छन् । त्यसैले तेस्रो पटक लिने सम्भावना कम छ । विकेटपकर रहमानउल्लाह गुरबाज कप्तानका अर्का दाबेदार खेलाडी हुन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.