default_image

2 years ago

November 5, 2022

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा इंग्ल्यान्ड

202 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । इंग्ल्यान्ड आजको खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ ।

यदि इंग्ल्यान्ड पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड सेमिफाइनलमा पुगि सकेको छ ।

न्युजिल्यान्ड ५ खेलमा ७ अंकका साथ सेमिफाइनल यात्रा पक्का गरेको हो । इंग्ल्यान्ड र श्रीलंकाको खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । अष्ट्रेलिया ५ खेलमा ७ अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.१७३ र इंग्ल्यान्डको प्लस ०.५४७ छ ।

इंग्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ । ओपनर जस बटलर र एलेक्स हेल्सको प्रदर्शन महत्वपूर्ण हुनेछ । न्युजिल्यान्डले पछिल्लो खेलमा इंग्ल्यान्डसँग २० रनले हारेको थियो । त्यो खेलमा कप्तान जस बटलरले ७३ र एलेक्स हेल्सले ५३ रन जोड्दै राम्रो प्रदर्शन गरेका थिए ।

महत्वपूर्ण खेल अघि यी दुई ब्याटरको लयले इंग्ल्यान्डको मनोबल उच्च छ । इंग्ल्यान्ड उत्कृष्ट सुरुवात चाहन्छ । बटलर चलेको खण्डमा जित सहज हुनेछ । डेविड मलान, बेन स्टोक्स, लियाम लिभिङस्टोन, मोईन अली र साम करन जस्ता विश्वस्तरिय हिटर छन् । यी मध्य दुई खेलाडी चल्दा इंग्ल्यान्डले सहजै विशाल योगफल बनाउन सक्छ । लियाम लिभिङस्टोनको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

इंग्ल्यान्डको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । साम करन, क्रिस वोक्स र मार्क वुड छन् । साम करनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । मार्क वुडको प्रतिघण्टा १ सय ५५ किलोमिटरको गतिको चाल पाउन श्रीलंका ब्याटरलाई कठिन पर्नेछ । बेन स्टोक्स चौथो विकल्प हुन् । मोईन अली र आदिल राशिद स्पिनर हुन् । तेस्रो पार्ट टाइम स्पिनरमा लियाम लिभिङस्टोन हुनेछन् ।


यता श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा र महेश थिक्सनाले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । यी दुई स्पिनरबाट श्रीलंका उच्च प्रदर्शन चाहन्छ । कुशल मेन्डिस, धनन्जय डि सिल्भा र भानुका राजपक्षे प्रमुख ब्याटर हुन् । लाहिरु कुमारा, कासुन रजिथा र प्रमोद मधुसान रहनेछन् ।

हेड टु हेड :

इंग्ल्यान्ड र श्रीलंकाबीच हालसम्म १३ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ९ र श्रीलंका ४ खेलमा विजयी भएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.