default_image

2 years ago

November 5, 2022

आसिफको उत्कृष्ट शतकमा कर्णालीलाई बलियो लक्ष्य

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको उत्कृष्ट शतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ३५ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले । उनी अन्तिम विकेटको रुपमा प्रकाश जैशीको बलमा बोल्ड आउट भए ।

आसिफ बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आसिफले १ सय ८ बलमा आफ्नो राष्ट्रिय प्रतियोगिताको पहिलो शतक हाने । करिअरको दोस्रो शतक हो । आसिफले यसअघि २०१६ को एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टि२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् । ५० ओभरको खेलमा पहिलो पटक शतक हानेका हुन् ।

आसिफले ४१ औं ओभरको पहिलो बलमा कप्तान रविन्द्रजंग शाहीलाई चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ जारी प्रतियोगितामा शतक हान्ने तेस्रो खेलाडी हुन् । यस प्रतियोगितामा पुलिसका दीपेन्द्रसिंह ऐरीले बागमतीविरुद्ध १ सय ८ रन हानेका थिए । प्रदेश एकका अंकित सुवेदीले बागमतीविरुद्धनै १ सय १० रनको इनिङ खेलेका थिए ।

ओपनर प्रदीप ऐरी २९ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । प्रदीप दीनेश अधिकारीको बलमा बोल्ड भएका थिए । आयुषमान बम ३ र लोेकेश बम १० रनमा आउट भए । लोकेश रन आउट भएका थिए ।

सन्दीप जोरा ५, पुरन विक ४, शरद भेषवाकर ६, दीपक बोहरा १० र कमल ऐरी ४ रनमा आउट भए । भुवन कार्कीले २३ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।

कर्णालीका प्रकाश जैशीले ७.२ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । दिवान पुनले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.