default_image

2 years ago

November 5, 2022

सेमिफाइनलमा पुग्न इंग्ल्यान्डलाई श्रीलंकाको मध्यम लक्ष्य

110 views

0 Bookmark

एजेन्सी – ओपनर पाथुम निसांकाको अर्धशतकमा श्रीलंकाले आइसिसी टि२० विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनलमा पुग्न १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

श्रीलंकाका ओपनर पाथुम निसांकाले ४५ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल मेन्डिसले राम्रो सुरुवात दिलाएका थिए । कुशल १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भए ।

धनन्जय डि सिल्भा ९ र चारिथ असलंका ८ रनमा आउट भए । भानुका राजपक्षेले २२ बलमा ३ चौकासहित २२ रन बनाए । दासुन शनका ३ र वानिन्दु हसरंगा ९ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । बेन स्टोक्स, क्रिस वोक्स, साम करन र आदिल राशिदले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.