default_image

2 years ago

November 5, 2022

लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितसँगै मधेशको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।

जितको लागि २ सय ६० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । लुम्बिनीको लागि विशाल विक्रम केसीले ५१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रनमा आउट भए ।

ओपनर आकाश त्रिपाठी ८, देव खनाल ९ र प्रज्वल थापा शून्यमा आउट भए । सन्दीप रजाली २७ बलमा ४ चौकासहित २३ र बसिर अहमद १५ रन बनाए ।

कृष्ण कार्कीले तल्लोक्रममा ५४ बलमा ४ चौका र १ छक्कासहित ३१, अनिल खरेल २२ र मोहम्मद हुसेनले १५ रन बनाए । मधेशका लागि राजेश यादवले ८.१ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । प्रदीप पासवानले १० ओभरमा २ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । हरिशंकर शाहले १० ओभरमा ५ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेश ४८.४ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । मधेशका कप्तान हरिशंकर शाहले ९० बलमा १३ चौका र १ छक्कासहित सर्वाधिक ७६ रन बनाए । ओपनर सन्तोष कार्कीले ६० बलमा ५ चौका र ३ छक्कासहित ५० रनमा आउट भए । विकेटकिपर अनिल शाहले ४९ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा आउट भए ।

मधेशलाई ओपनर सन्तोष कार्की र हरिशंकर शाहले पहिलो विकेटका लागि २२.१ ओभरमा १ सय ३० रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । देव खनालले सन्तोषलाई सुनिल भण्डारीबाट क्याच गराउँदै साझेदारी तोडे ।

त्यसपछि अनिल खरेलले हरिशंकरलाई एलबीडब्लू आउट गरेपछि लुम्बिनी खेलमा फर्किएको थियो । अनिलको यो लगातार दोस्रो अर्धशतक हो । अनिलले पहिलो खेलमा प्रदेश १ विरुद्ध ६१ रन बनाएका थिए । अनिल यसै सिजनदेखि पुलिस छाडेर घरेलु टोली फर्किएका छन् ।

विवेक यादव ३८ बलमा २ छक्का हान्दै २१ र आदिल आलम १२ रनमा आउट भए । रोहन विक ७ र ईमरान शेखले १० रन बनाए । लुम्बिनी प्रदेशका तीव्र गतिका बलर कृष्ण कार्कीले ८ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए ।

अनिल खरेलले ९.४ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद हुसेन, बसिर अहमद र देव खनालले एक एक विकेट लिए । मधेशले पहिलो खेलमा प्रदेश एकलाई ७२ रनले हराएको थियो । मधेशले अव सोमबार बागमती र मंगलबार पुलिससँग टियुमा खेल्नेछ ।

लुम्बिनीले पहिलो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराएको थियो । पुलिससँग ६ विकेटले पराजित भएको थियो । लुम्बिनी सेमिफाइनल खेल्न बाँकी दुबै खेलमा मधेश फराकिलो अन्तरले पराजित हुनुपर्छ । मधेशलाई एक जित आवश्यक पर्दछ । लुम्बिनीले आफ्नो अन्तिम खेल आइतबार प्रदेश एकसँग टियुमा खेल्नेछ ।

अंक तालिका

एपिएफ ४ खेलमा ३ मा जित र एक खेलमा टाई हुँदा ७ अंकका साथ शीर्षस्थानमा छ । एपिएफ सेमिफाइनलमा पुगेको छ । गण्डकी ३ खेलमा २ मा जित र एक खेलमा टाई हुँदा ५ अंकका साथ दोस्रो स्थानमा छ । आर्मी २ खेलमा १ मा जित र १ हारका साथ तेस्रो स्थानमा छ । आइतबार गण्डकी र आर्मीबीच खेल हुनेछ । गण्डकी विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । कर्णाली २ खेलमा २ खेलमा पराजित भएको छ । सुदूरपश्चिम तीन खेलमा जित विहीन छ ।

समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । मधेश २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी र प्रदेश १ समान ३ खेलमा २ अंकका साथ क्रमश तेस्रो र चौथो स्थानमा छन् । बागमती प्रदेश तीन खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.