default_image

2 years ago

November 6, 2022

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न जित आफ्नो, भर अरुको

143 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ मा सुपर १२ को अन्तिम खेलमा आज बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा एडिलेड ओभलमा सुरुहुनेछ ।

पाकिस्तान सुपर १२ को समूह बी मा ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । आज पाकिस्तान विजयी हुँदा ६ अंक हुनेछ । त्यसैको कारण पाकिस्तान सेमिफाइनलमा पुग्न भारत र दक्षिण अफ्रिका मध्य एकले हार्नुपर्ने हुन्छ ।

दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ५९ रनको लक्ष्य पछ्याई रहेको छ । आज दिउँसो ४: ४५ मा भारतले जिम्बावेसँग खेल्नेछ । पाकिस्तान पहिला बंगलादेशलाई हराउन चाहन्छ । त्यसपछि भारतको हारको पर्खाईमा बस्नेछ । भारत पराजित हुँदा पाकिस्तान सेमिफाइनलमा पुग्नेछ । अन्यथा जितको बाबजुद बाहिरिनेछ ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित भएको थियो । पाकिस्तानले त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट र दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरेको थियो ।

दक्षिण अफ्रिकालाई हराउन पाकिस्तानले सानदार ब्याटिङ गरेको थियो । शादब खानले २० बलमै अर्धशतक प्रहार गरेका थिए । इफ्तिखार अहमदले पनि अर्धशतक प्रहार गरेका थिए ।

यी दुई खेलाडीको प्रदर्शनले मध्यक्रममा आशा पलाएको छ । तर प्रमुख ब्याटर बाबर आजम र मोेहम्मद रिजवान भने चल्न सकेनन् । यी दुई ब्याटर चल्न नसक्दा पाकिस्तान कमजोर बनेको छ । बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन चाहन्छ ।

दक्षिण अफ्रिकाविरुद्ध आक्रामक ब्याटिङ गरेका मोहम्मद हरिस आशा लाग्दा क्रिकेटर हुन् । शन मसुद र मोहम्मद नवाजबाट राम्रो प्रदर्शन चाहन्छ । पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण मजबुत छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद वासिम जुनियर छन् । यी चार बलरको सामु रन जोड्न बंगलादेशका ब्याटरलाई सहज भने हुने छैन ।

यता बंगलादेश अन्तिम खेलमा भारतसँग पाँच रनले पराजित भएको थियो । उक्त खेलमा लिटन दासले विष्फोटक ब्याटिङ गर्दै २७ बलमा ६० रन जोडेका थिए । उनी पाकिस्तानलाई घातक बन्न सक्छन् । मध्यक्रम बंगलादेशको मुख्य समस्या हो । सकिब अल हसन, नुरुल हसन र अफिफ हुसैनले जिम्मेवारीका साथ ब्याटिङ गर्नुपर्ने हुन्छ ।

तस्किन अहमद, मोहम्मद हसन र मुश्ताफिजुर रहमान तीव्र गतिका बलर हुन् । स्पिनरमा सकिब रहनेछन् । बंगलादेश ४ खेलमा २ मा जित र २ मा हारका साथ ४ अंक जोड्दै चौथो स्थानमा छ ।

बंगलादेश सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिका र भारत मध्य एकले हार्नुपर्छ । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.