default_image

2 years ago

November 6, 2022

नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै दक्षिण अफ्रिका बाहिरियो

192 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ ।

पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बंगलादेश र पाकिस्तानबीच अव प्रतिस्पर्धा हुँदैछ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

दक्षिण अफ्रिका ब्याटर राइली रोसोउले १९ बलमा २ चौकासहित २५ रन बनाए । ओपनर क्विन्टन डि कक १३ र टेम्बा बभुमा २० रनमा आउट भए । बभुमाले २० बलमा २ चौका हाने । एडेन माक्ररम र डेविड मिलर १७–१७ रनमा आउट भए ।

हेनरिक क्लासेन १८ बलमा १ छक्कासहित २१ रनमा आउट भए । केशव महाराज १३ रनमा आउट भए । नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । फर्द क्लासेनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे । ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपुरले १९ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।

कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

एडेन माक्ररमले एक विकेट लिए । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । दक्षिण अफ्रिकाको हारले भारतले जिम्बावेसँग खेल्नुअघिनै सेमिफाइनलमा पुगेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.