default_image

1 year ago

November 6, 2022

बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ […]

161 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा पुगेको छ । योसँगै टि२० विश्वकप २०२२ को सेमिफाइनलमा पुग्ने चारै टोलीको टुङ्गो लाग्नेछ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाए । कप्तान बाबर आजम ३३ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

मोहम्मद हरिस १८ बलमा १ चौका र २ छक्कासहित ३१ रनमा आउट भए । शन मसुद १४ बलमा २ चौकासहित २४ रनमा अविजित रहे । बंगलादेशका नासुम अहमद, सकिब अल हसन, मुश्ताफिजुर रहमान र एबादोत हसनले एक एक विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ४८ बलमा ७ चौकासहित सर्वाधिक ५४ रनको योगदान दिए ।

ओपनर लिटन दास ८ बलमा १ छक्कासहित १० रनमा आउट भए । उनी तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीका बलमा शन मसुदबाट क्याच भए । सौम्य सरकार १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा क्याच आउट भए ।

स्पिनर शादब खानको बलमा मसुदबाट क्याच भएका थिए । शादब खानले सकिब अल हसनलाई एक रनमा एलबीडब्लू आउट गरे । त्यसपछि शाहिन शाह अफ्रिदीले बंगलादेशको मध्यक्रम धरासयी बनाए । मोसाद्देक हसन ५, नुरुल हसन शून्य र तस्किन अहमदले एक रन बनाए । अफिफ हुसैन २० बलमा ३ चौकासहित २४ रनमा अविजित रहे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । शादब खानले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हरिस रौफ र इफ्तिखार अहमदले एक एक विकेट लिए ।

सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।

सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । पाकिस्तान ५ खेलमा ३ मा जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । भारत विजयी हुँदा समूह विजेता बन्नेछ । पराजित हुँदा उपविजेता बन्नेछ ।

पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ । फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो […]

April 14, 2024

हङकङ साउदी अरबविरुद्ध स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो । साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले […]

April 14, 2024

अकिबको ह्याट्रिकमा ओमानले कम्बोडियालाई हरायो

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]

Success

Thank you for your time.