3 years ago
November 6, 2022
एजेन्सी – ओपनर लोकेश राहुल र सूर्य कुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा जिम्बावेलाई १ सय ८७ रनको लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । भारतका लोकेश राहुलले ३५ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । सूर्यकुमार यादवले २५ बलमा ६ चौका र ४ छक्कासहित ६१ रनमा अविजित रहे ।
कप्तान रोहित शर्मा १३ बलमा २ चौकासहित १५ रनमा आउट भए । विराट कोहली २५ बलमा २ चौकासहित २६ रनमा आउट भए । ऋषभ पन्त ३ र हार्दिक पान्ड्या १८ रनमा आउट भए । हार्दिकले १८ बलमा २ चौका हाने ।
जिम्बावेका सेन विलियम्सले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । रिचर्ड न्गारावा, ब्लेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक एक विकेट लिए । भारत र पाकिस्तान सेमिफाइनलमा पुगि सकेका छन् । यस खेलको विजेताले समूह विजेता र उपविजेता
November 17, 2025
काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ।जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन सकेको थिएन्। जनकपुर […]
November 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]
November 17, 2025
एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानले खराब सुरुआत गर्यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]