default_image

2 years ago

November 6, 2022

भारत समूह विजेता बन्दै सेमिफाइनलमा

143 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार भारत समूह २ को विजेता बन्दै आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि सहज जित दर्ता गर्दै भारत समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो ।

भारतले जिम्बावेलाई ७१ रनले पराजित गर्दै समूह चरणको चौथो जितका साथ सहजै अघि बढ्यो । भारतले समूहमा ४ जितसहित ८ अंक जोड्यो । पाकिस्तान ३ जितका साथ ६ अंक जोड्दै उपविजेताको हैसियतले सेमिफाइनलमा पुग्यो । दक्षिण अफ्रिका ५ अंक जोड्दै समूह चरणबाट बाहिरियो । नेदरल्यान्ड्स र बंगलादेश ४-४ अंकका साथ चौथो र पाँचौ हुँदा जिम्बावे ३ अंकसहित पुछारमा रहयो ।

मेलबर्न क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बावे १८ औं ओभरमा मात्र १ सय १६ रनमा समेटियो । जिम्बावेका लागि अनुभवी अलराउन्डर सिकन्दर राजाले राम्रो प्रदर्शन गरेपनि टोलीलाई सम्मानजनक स्थानमा पुर्याउन सकेनन् । राजाले मध्यक्रममा २४ बलको सामना गर्दै ३ चौकासहित ३४ रन जोडे ।

रायन बर्लले २२ बलमा ३५ रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । एक समय ३६-५ को दयनीय स्थितिमा पुगेको जिम्बावेलाई बर्ल र राजाले उकासेका थिए । छैटौं विकेटका लागि यी दुईले ६० रनको साझेदारी गरेका थिए । जिम्बावेका वेस्ली मधेभेर (०), क्रेज अर्भाइन (१३), रेगिस चकभा (११) र टोनी मुन्योङ्गा (५) ले राम्रो सुरुवात दिलाउन सकेनन् ।

तल्लोक्रममा वेलिंगटन मसकजा (१), रिचार्ड नाग्रभा (१) र तेन्दाई चताराले ४ रन जोडे । भारतका रवी आश्विनले ३, मोहमद शामी र हार्दिक पान्ड्याले २-२ तथा भुवनेश्वर कुमार, अर्शदिप सिंह र अक्सर पटेलले १-१ विकेट लिए ।

त्यसअघि ओपनर लोकेश राहुल र सूर्य कुमार यादवको उत्कृष्ट ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा जिम्बावेलाई १ सय ८७ रनको लक्ष्य दिएको थियो । मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

भारतका लोकेश राहुलले ३५ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । सूर्यकुमार यादवले २५ बलमा ६ चौका र ४ छक्कासहित ६१ रनमा अविजित रहे ।

कप्तान रोहित शर्मा १३ बलमा २ चौकासहित १५ रनमा आउट भए । विराट कोहली २५ बलमा २ चौकासहित २६ रनमा आउट भए । ऋषभ पन्त ३ र हार्दिक पान्ड्या १८ रनमा आउट भए । हार्दिकले १८ बलमा २ चौका हाने ।

जिम्बावेका सेन विलियम्सले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । रिचर्ड न्गारावा, ब्लेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.