default_image

2 years ago

November 6, 2022

टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

171 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सुपर १२ अन्तर्गत समूहको अन्तिम खेल सकिएसँगै दुवै समूहको शीर्ष २ टोलीको टुंगो लागेको हो ।

समूह १ बाट न्युजिल्यान्ड समूह विजेता बन्द इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यता समूह २ बाट भारत समूह विजेता बन्यो । पाकिस्तान समूहको उपविजेता बन्दै अन्तिम ४ मा प्रवेश गरेको छ । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड र पाकिस्तानले न्युजिल्यान्डको सामना गर्नेछ । निकै प्रतिक्षा गरिने भारत र पाकिस्तानबीचको खेल फाइनलमा पुन: हुने सम्भावना रहेको छ ।

समूह १ मा न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७-७ अंक भएपनि नेट रनरेटका आधारमा शीर्ष दुई टोली अघि बढेका थिए । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल वर्षाले रद्द हुनुले समूहको समीकरणमा असर परेको थियो । श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोडे ।

समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोड्यो । पाकिस्तानले ३ जितसहित ६ अंक जोड्यो । दक्षिण अफ्रीका आइतबार विहान नेदरल्यान्ड्ससँग पराजित हुँदा नाटकीय ढंगले सेमिफाइनल नपुग्दै बाहिरियो । टोलीले ५ खेलमा ५ अंक जोडेको थियो । नेदरल्यान्ड्सले समान ४ अंक जोडेको बंगलादेशलाई रनरेटमा पछि पार्यो । जिम्बावेले ३ अंक जोड्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.