3 years ago
November 6, 2022
एजेन्सी – दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपको सुपर १२ मा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै समूह बी बाट बाहिरियो । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्सले सबैलाई आश्चर्य पार्दै दक्षिण अफ्रिकालाई हरायो ।

दक्षिण अफ्रिकाको उक्त हारले पाकिस्तानले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । दक्षिण अफ्रिका ब्याटर राइली रोसोउले १९ बलमा २ चौकासहित २५ रन बनाए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे । ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए ।
दक्षिण अफ्रिकाले एसोसियट टोली नेदरल्यान्ड्सलाई हराउँदै सहजै सेमिफाइनल खेल्ने अनुमान गरिएको थियो । तर अविश्वसनिय र अप्रत्याशित हार बेहोर्न पुग्यो । दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।
५. पावर प्ले र डेथ ओभरमा कमजोर ब्याटिङ
कुनैपनि टोलीको लागि पावर प्ले र डेथ ओभरमा निकै महत्त्वपूर्ण हुन्छ । एडिलेड ओभलमा नयाँ ब्याटरलाई खेल्न सहज हुँदैन । त्यसले पावर प्लेमा सानदार सुरुवात गर्नुपर्ने थियो । तर दक्षिण अफ्रिकाले पहिलो पावर प्लेमा ३९ रन जोड्द दुई विकेट गुमाएको थियो ।

बाँकी १४ ओभरमा १ सय २० रन बनाउनु पर्ने थियो । पहिला पावर प्लेमा राम्रो सुरुवात दिलाएको भए नेदरल्यान्ड्सका बलर केहि दबाबमा हुन सक्थे । दक्षिण अफ्रिकाले डेथ ओभरमा पनि राम्रो गर्न सकेन । अन्तिम पाँच ओभरमा दक्षिण अफ्रिकालाई जितको लागि ४८ रन चाहिँएको थियो । टि२० क्रिकेटमा ३० बलमा ४८ रन सामान्य जस्तै मानिन्छ । तर दक्षिण अफ्रिकाले ३७ रन बनाउँदै चार विकेट गुमाएपछि हार्न पुगेको हो ।
४. बाउन्ड्रीमा जोखिम नलिनु
टि२० क्रिकेटमा बाउन्ड्री (चौका र छक्का) को धेरै महत्वपूर्ण हुन्छ । तर दक्षिण अफ्रिका कुनैपनि ब्याटरले चौका र छक्कामा जोखिम लिन सकेनन् । अन्तिम १० ओभर अर्थात ६० बलमा दक्षिण अफ्रिकाले ४ चौका र २ छक्का मात्रै हानेको थियो । १४.२ ओभरमा छक्का हानेको दक्षिण अफ्रिकाले त्यसपछि बाउन्ड्रीको रुपमा १८.४ ओभरमा छक्का हानेको थियो ।
जुन समय दक्षिण अफ्रिकाले खेल हातबाट निकालि सकेको थियो । यो बीचमा दक्षिण अफ्रिकाले बाउन्ड्रीमा केहि जोखिम लिएको भए नतिजा फरक आउन सक्थ्यो । दक्षिण अफ्रिकाले खेलमा पुरै खेलमा ९ चौका र ३ छक्का मात्रै हान्यो । उता नेदरल्यान्ड्सले पुरै खेलमा १५ चौका र ५ छक्का हानेको थियो ।
३. जिम्मेवारी ब्याटिङको कमी
कुनैपनि टोली वा योगफल होस् । पूरा गर्नुपर्छ । त्यसको लागि जिम्मेवारी ब्याटिङ गर्नुपर्छ । दक्षिण अफ्रिका खेलमा कुनैपनि ब्याटरले जिम्मेवारी इनिङ खेलेनन् । जसको कारण नयाँ ब्याटरलाई खेल्न गाह्रो भएको थियो । दक्षिण अफ्रिका राइली रासोउले सर्वाधिक २५ रन बनाए ।

डेविड मिलर, एडेन माक्ररम, क्विन्टन डि कक र टेम्बा बभुमा कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एक ब्याटरले एक एण्ड धानेको भए अर्कोलाई सहज हुन्थ्यो । बलर पनि दबाबमा पर्न सक्थे । यता नेदरल्यान्ड्सका सबै ब्याटरले जिम्मेवारी इनिङ खेल्दै मध्यम योगफल बनाएका थिए । तर त्यसो हुन सकेन ।
२. १६ औं ओभरको दुई विकेट जानु
दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ४८ रन चाहिएको थियो । क्रिजमा डेविड मिलर थिए । मिलर क्रिजमा हुँदा दक्षिण अफ्रिकाले सहजै जित निकाल्न सक्ने अनुमान गरिएको थियो । मिलर वर्तमान समयका विश्व क्रिकेटकै उत्कृष्ट फिनिसर हुन् ।
तर मिलर १६ औं ओभरको दोस्रो बलमा आउट भए ।
तीव्र गतिका बलर ब्रेन्डन ग्लोभरको बलमा मिलर क्याच आउट हुनुनैखेलको ठूलो टर्निङ प्वाइन्ट बन्यो । मिलर १७ बलमा १७ रनमा क्याच भए । मिलर क्रिजमा टिकीसकेको हुँदा हान्ने बेलामा आउट भए । जसको कारण नेदरल्यान्ड्सले पुरै मोमेन्ट आफ्नो हातमा पार्यो । मिलर आउट भएपछि अन्य खेलाडीको मनोबलमा पनि असर पर्यो ।
चौथो बलमा वायन पार्नेल पनि क्याच आउट भए । त्यो ओभरमा ब्रेन्डन ग्लोभरले ४ रन मात्रै खर्चेर २ विकेट लिए । जुन हारको टर्निङ प्वाइन्ट बनेको थियो ।

१. नेदरल्यान्ड्सको सानदार बलिङ
यो जितको श्रेय नेदरल्यान्ड्सका बलरलाई जान्छ । दक्षिण अफ्रिकाका ब्याटरलाई उनीहरुले कहिल्यै खुल्न दिएनन् । विश्वस्तरिय ब्याटर भएको दक्षिण अफ्रिकाविरुद्ध अनुशासित प्रदर्शन गरे ।
फ्रेड क्लासेनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । ब्रेन्डन ग्लोभरले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए । प्रमुख तीन बलरले राम्रो गरेपछि दक्षिण अफ्रिकालाई उक्त लक्ष्य नै भारी पर्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]