default_image

2 years ago

November 7, 2022

कर्णालीमाथि सुदूरको सहज जित

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशमाथि पाँच विकेटको सहज जित हात पारेको छ । अन्तिम खेलमा जितका साथ सुदूर बाहिरिएको छ ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितको लागि ओपनर गजेन्द्र बोहराले ५१ बलमा ५ चौका र १ छक्कासहित ४१ रनमा आउट भए ।

शेर मल्ल ३३ बलमा ३ चौका र ३ छक्कासहित ३४ रनमा अविजित रहे । राजु रिजालले २९ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । टेक रावल १८, बसन्त खत्री ६, विरेन्द्र नाथ र दिपक टमाटा ९–९ रनमा आउट भए ।

कर्णालीका रविन्द्रजंग शाहीले १० ओभरमा १ मेडनसहित ५९ रन खर्चेर ३ विकेट लिए । दिवान पुनले १० ओभरमा ३ मेडनसहित २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली ३८.१ ओभरमा १ सय ५० रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७० रन बनाए । उनको यो राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो ।

सुवास ऐरले २२ बलमा ५ चौका प्रहार गर्दै २४ रनमा आउट भए । कप्तान रविन्द्रजंग शाही ७, विपिन रावल शून्य, विपिन शाही २, हिमान्शु शाही ३८ बलमा १ चौकासहित १२, दीपेन्द्र रावत ८, प्रकाश जैशी ९, दिवान पुन १ र अनुज चनारा शून्यमा आउट भए ।

सुदूरपश्चिम प्रदेशका नारायण जोशीले ५.१ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर हेमन्त धामीले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर ३ विकेट लिए । गजेन्द्र बोहराले ६ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मिलन बोहराले एक विकेट लिए ।

सुदूर ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । समूह ए मा एपिएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको छ । गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ ।

आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । आर्मीले मंगलबार कर्णालीसँग खेल्नेछ । आर्मी विजयी भए सेमिफाइनलमा पुग्नेछ । कर्णाली विजयी भएमा गण्डकी सेमिफाइनलमा पुग्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.