default_image

2 years ago

November 7, 2022

रोमान्चक टाईसँगै मधेश पहिलो पटक सेमिफाइनलमा

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशसँग टाई भएसँगै पहिलो पटक सेमिफाइनलमा पुगेको छ ।

जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४९.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो । बागमतीलाई जितको लागि अन्तिम ६ बलमा एक रन चाहिएको थियो । तीव्र गतिका बलर राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई एलबीडब्लू धरापमा पारेपछि खेल टाई भएको थियो ।

बागमती एक समय ८४-१ को आरामदायी अवस्थामा थियो । तर लगातार विकेट झरेपछि टोली सम्हालिन सकेन । शीर्ष क्रमका ब्याटरले सुरुवात पाएपनि ठूलो स्कोर बनाउन सकेनन् । मध्यक्रमका ब्याटर चल्न नसकेपछि बागमती प्रतियोगितामा जितविहिन हुन पुगेको हो ।

बागमतीका पृथु बाँस्कोटा ५२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रनमा आउट भए । पहिलो विकेटका लागि ओपनर रित गौतम र ईशान पाण्डेले १४.१ ओभरमा ६५ रनको साझेदारी गरेका थिए । ईशान हरिशंकर शाहको बलमा एलबीडब्लू आउट हुँदै ३१ रनमा पेभेलिएन फर्के । ईशानले ३४ बलमा ३ चौका प्रहार गरे ।

स्पिनर प्रदीप पासवनाले रित गौतमलाई डब्लू मलिकबाट ३२ रनमा क्याच गराए । रितले ८३ बलमा ४ चौका हाने । तीव्र गतिका बलर राजेश यादवको बलमा ज्ञानेन्द्र मल्ल एज लागेर १२ रनमा विवेक यादवबाट क्याच भए ।

सूर्य तामाङले तल्लोक्रममा ३२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडेपनि उनी अन्त्यसम्म खेल्न सकेनन् । प्रतिश जि.सी ८, रामनरेश गिरी र रिजन ढकालले एक एक रन बनाए । मधेश प्रदेशका राजेश यादवले ६.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर प्रदीप पासवानले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंहले दुई र हरिशंकर शाहले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४६.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । मधेशका रोहन विकले ९४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर नन्दन यादवले आठौं ओभरको चौथो बलमा कप्तान हरिशंकर शाहलाई १३ रनमा बोल्ड गरे । उनले २२ बलमा ३ चौका प्रहार गरे । प्रतिश जि।सीले अर्का ओपनर सन्तोष कार्कीलाई २३ रनमा बोल्ड गरे । सन्तोषले ४८ बलमा ३ चौका हाने ।

विकेटकिपर अनिल शाह सूर्य कुमार यादवको बलमा १० रनमा एलबीडब्लू आउट भएपछि मधेशको ब्याटिङ धरमराएको थियो । युवा ब्याटर विशाल शुश्लिङ २६ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

मधेशका दुई प्रमुख हिटर विवेक यादव र मोहम्मद आदिल अलाम स्पिनर सूर्य तामाङको बलमा आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । विवेक ७ रनमा बोल्ड भए । आदिल लङअफमा ईशन पाण्डेबाट ६ रनमा क्याच भएपछि समस्यामा परेको थियो ।

नन्दन यादवले डब्लू मलिकलाई ४ र रुपेश सिंहलाई २ रनमा आउट गरे । राजेश यादवले २१ बलमा २ चौकासहित १६ रन बनाए । बागमतीका स्पिनर सूर्य तामाङले १० ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर नन्दन यादवले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ७.२ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । रामनरेश गिरीले ८ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए ।

समूह ए मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । पुलिसले मंगलबार मधेशसँग टियुमा खेल्नेछ । उक्त खेलले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । मधेश ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी मधेशको टाईले बाहिरिएको छ ।

मधेश पहिलो पटक सेमिफाइनलमा पुगेको हो । दोस्रो संस्करण देखि प्रधानमन्त्री कप प्रदेश संरचनामा गएको थियो । दोस्रो संकस्णमा लुम्बिनी, तेस्रो र चौथो संस्करणमा बागमती सेमिफाइनल खेलेको थियो ।

समूह ए बाट एपिएफ ४ खेलमा ७ अंकका साथ सेमिफाइनलमा पुगेको छ । मंगलबार आर्मीले कर्णालीलाई पराजित गरे सेमिफाइनलमा पुग्नेछ । आर्मी पराजित हुँदा गण्डकी सेमिफाइनलमा पुग्नेछ । आर्मी ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । गण्डकी ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.