2 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा पहिलो पटक जित विहीन हुँदै इतिहासकै खराब नतिजा बेहोर्दै बाहिरिएको छ । प्रधानमन्त्री कपका यस अघिका दुई संस्करणमा लगातार सेमिफाइनल खेलेको बागमती पाँचौं संस्करणमा ४ खेलमा ३ मा हार र एक खेलमा टाई हुँदै बाहिरिएको हो ।
यो बागमतीको प्रधानमन्त्री कप इतिहासकै खराब प्रदर्शन हो । बागमती अन्तिम खेलमा सोमबार मधेश प्रदेशसँग खेल टाइ भएसँगै जित विहीन हुँदै बाहिरिनु परेको हो ।
जितको लागि १ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको बागमती ४९.२ ओभरमा १ सय ९० रनमा अल आउट भयो । बागमतीलाई अन्तिम ६ बलमा जितको लागि एक रन चाहिँएको थियो । तीव्र गतिका बलर राजेश यादवले दोस्रो बलमा रिजन ढकाललाई एलबीडब्लू आउट गरेपछि खेल टाई भएको थियो ।
बागमती पहिलो खेलमा मुलपानी मैदानमा नेपाल पुलिस क्लबसँग १ सय ९२ रनले पराजित भएको थियो । त्यसपछि प्रदेश एकसँग ६९ रन र लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको थियो । प्रधानमन्त्री कप एकदिवसीय शैलीमा चार संस्करण सकिएका छन् । यो पाँचौं संस्करण हो ।
२०१७ देखि सुरु भएको प्रधानमन्त्रीकप गत वर्ष भने टि२० शैलीमा भएको थियो । पहिलो संस्करण विकाश क्षेत्रको आधारमा भएपनि त्यसपछिका संस्करण प्रदेश संरचनामा भएको थियो । दोस्रो संस्करण २०१८ मा बागमती प्रदेश(तत्कालिन प्रदेश ३) समूह बी मा ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो ।
बागमतीले कर्णाली प्रदेशलाई पहिलो खेलमा ३ विकेटले हराएको थियो । त्यो सिजनमा बागमतीको कप्तान जितेन्द्र ठकुरी थिए । त्यसपछि बागमती सुदूरसँग दुई विकेट, लुम्बिनीसँग डकवर्थ लेविस पद्धतिमा ३० रन र नेपाल एपिएफ क्लबसँग ६ विकेटले पराजित भएको थियो ।
तेस्रो संस्करण २०१९ मा पारसको कप्तानीमा बागमती प्रदेश समूह ए मा ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्ष स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग ४१ रनले पराजित भएको थियो । त्यसपछि लुम्बिनीलाई ६ विकेट, गण्डकीलाई ७ विकेट र सुदूरपश्चिमलाई ६ विकेटले हराएको थियो । सेमिफाइनलमा आर्मीसँग १ सय १७ रनले पराजित भएको थियो ।
२०२० को चौथो संस्करणमा बागमती समूह बी मा ४ खेलमा ३ मा जित र एक खेलमा टाईका साथ अंक बाँड्दै शीर्ष स्थानमा रहेको थियो । पहिलो खेलमै नेपाल पुलिस क्लबलाई पुलिसलाई ७ विकेटले हराएको थियो । त्यसपछि सुदूरपश्चिमलाई १ सय ८० रन, प्रदेश २ लाई ६ विकेटले हराउँदा लुम्बिनीसँग खेल टाई भएको थियो । सेमिफाइनलमा आर्मीसँग ९४ रनले पराजित भएको थियो ।
गत वर्ष टि२० शैलीमा भएको प्रधानमन्त्री कपमा बागमती समूह बी मा ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा थियो । बागमतीले लुम्बिनीलाई ४९ रनले हराउँदा एपिएफसँग ७ विकेटले हारेको थियो । मधेश प्रदेशलाई ५ विकेट र गण्डकीलाई ४० रनले हराएको थियो । सेमिफाइनलमा पुलिससँग ५० रनले पराजित भएको थियो ।
२०२१ मा काठमाडौं मेयर्स कपमा बागमती पुलिससँग दुई रनले पराजित भएको थियो । मुलपानी मैदानमा ७३ रनको लक्ष्य पछ्याउनेक्रममा ७० रनमा अल आउट भएको थियो । काठमाडौं मेयर्स ११ सँग ९४ रनले पराजित भएको थियो । त्यसपछि नेपाल एपिएफ क्लबलाई २७ रन र आर्मीलाई १० रनले हराएको थियो ।
प्रदेश संरचनामा गएपछि बागमतीको यो सबैभन्दा खराब प्रदर्शन मानिन्छ । टोलीमा ज्ञानेन्द्र मल्ल, पृथु बाँस्कोटा, नन्दन यादव, प्रतिश जि.सी, सुर्य तामाङ, ईशान पाण्डे, रित गौतम लगायतका खेलाडी रहेपनि नतिजा राम्रो हुन सकेन ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]