2 years ago
November 8, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपको सेमिफाइनल खेल्ने तयारीमा रहेको भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित शर्मा प्रशिक्षणका क्रममा घाइते भएका छन् ।
विहीबार इंग्ल्यान्डविरुद्ध हुने सेमिफाइनलका लागि भारतीय टोली प्रशिक्षणमा थियो । मंगलबार विहान नेट्समा ब्याटिङ गर्ने क्रममा रोहितको हातमा चोट लागेको हो । थ्रोडाउन खेल्ने क्रममा बल उनको पाखुरामा लागेको इएसपीएनक्रिकइन्फोले जनाएको छ ।
पाखुरामा लागेपछि रोहितले तुरुन्त स्वास्थ्य टोलीलाई बोलाएका थिए । केहिबेर फिजियोबाट उपचारपछि उनले एक बलको सामना गरे । तर खेल्न नसक्ने देखेपछि उनी नेट्स छाडेर बाहिरिए ।
रोहितले नेट्स नजिकै थप उपचार लिएका थिए । उनलाई भारतका मेन्टल कन्डीसनिङ कोच प्याडी अप्टनले लामो समय छलफल गरेका थिए । भारत र इंग्ल्यान्डबीच विहीबार दोस्रो सेमिफाइनल हुनेछ । बुधबार पहिलो सेमिफाइनलमा पाकिस्तान र न्युजिल्यान्ड भिड्नेछन् ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]