default_image

2 years ago

November 8, 2022

टि२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

123 views

0 Bookmark

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ । पाकिस्तानले न्युजिल्यान्डसँग खेल्नेछ ।

साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया सुपर १२ को समूह ए बाट नेटरनरेटको कारण बाहिरिन पर्यो । यस पटक विश्वकपमा ब्याटर भन्दा बलर हाबी बढी भएका छन् ।

यस विश्वकपमा अपेक्षा गरेका थुप्रै स्टार ब्याटर चल्न सकेका छैनन् । रोहित शर्मा, जस बटलर, डेविड वार्नर, आरोन फिन्च, क्विन्टन डि कक, बाबर आजम र मोहम्मद रिजवान जस्ता ठूला आशा गरेका ब्याटर चल्न सकेनन् ।

सर्वाधिक रन बनाउने सूचिमा दोस्रो स्थानमा एसोसियट टोली नेदरल्यान्ड्सका ब्याटर म्याक्स ओडाउड छन् । पहिलो चरणका खेल खेल्ने खेलाडी सर्वाधिक रन बनाउने ब्याटरमा अघि छन् । सेमिफाइनलसम्म टि२० विश्वकप २०२२ मा सर्वाधिक रन बनाउने पाँच ब्याटर यस प्रकार छन् ।

५.सिकन्दर राजा (जिम्बावे)

जिम्बावेका अलराउन्डर सिकन्दर राजा सर्वाधिक रन बनाउने ब्याटरमा शीर्ष पाँचमा छन् । राजाकै उत्कृष्ट प्रदर्शनमा जिम्बावेले सुपर १२ सम्म स्थान बनायो । पाकिस्तानलाई एक रनले स्तब्ध पार्न राजाले सानदार प्रदर्शन गरेका थिए ।

राजाले ८ खेलमा १ सय ४८ बल खेल्दै कुल २ सय १९ रन बनाए । राजाको स्ट्राइकरेट १४७.९७ रहँदा १६ चौका र ११ छक्का हानेका थिए । राजाले पहिलो खेलमै आयरल्यान्डविरुद्ध ४८ बलमा ५ चौका र ५ छक्कासहित ८२ रनको इनिङ खेलेका थिए ।

राजाले वेस्टइन्डिजविरुद्ध १४ रन बनाउनुको साथै तीन विकेट लिएका थिए । स्कटल्यान्डसँग ४०, पाकिस्तानसँग ९, दक्षिण अफ्रिका र जिम्बावेसँग शून्यमा आउट भएका थिए । नेदरल्यान्ड्सविरुद्ध ४० र भारतविरुद्ध ३४ रन बनाए । बलिङतर्फ राजाले १० विकेट लिँदै सानदार अलराउन्ड प्रदर्शन गरे ।

४.कुशल मेन्डिस (श्रीलंका)

श्रीलंकाका ओपनर कुशल मेन्डिस सर्वाधिक रन बनाउने ब्याटरमा चौथो स्थानमा छन् । मेन्डिसले ८ खेलमा १४२.९४ को स्ट्राइकरेटमा १७ चौका र १० छक्का हान्दै कुल २ सय २३ रन बनाए । मेन्डिसले यस प्रतियोगितामा दुई अर्धशतक हाने । कुशल नामिबियासँग ६ रन र युएईसँग १८ रनमा आउट भए ।

त्यसपछि कुशलले नेदरल्यान्ड्विरुद्ध ७९ र आयरल्यान्डविरुद्ध ६८ रन जोडेका थिए । त्यसपछि कुशलले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियासँग ५, न्युजिल्यान्डसँग ५, अफगानिस्तानविरुद्ध २५ र इंग्ल्यान्डविरुद्ध १८ रनमा आउट भएका थिए ।

३.सूर्य कुमार यादव (भारत)

भारतीय क्रिकेट टोलीका ब्याटर सूर्य कुमार यादवले यस विश्वकपमा आफ्नो उच्च लयलाई निरन्तरता दिँदै उच्च प्रदर्शन गरेका छन् । भारतलाई सेमिफाइनल सम्म पुर्याउन महत्वपूर्ण प्रदर्शन गरेका सूर्य तेस्रो स्थानमा छन् ।

सूर्यले ५ खेलमा १९३.९६ को स्ट्राइकरेटमा ३ खेलमा अर्धशतक बनाउँदै २ सय २५ रन बनाएका छन् । उनले १ सय १६ बल खेल्दा २५ चौका र ८ छक्का हानेका छन् ।

सूर्य पहिलो खेलमा पाकिस्तानसँग १५ रनमा आउट भएका थिए । दोस्रो खेलमा सूर्यले नेदरल्यान्ड्सविरुद्ध २५ बलमा ७ चौका र १ छक्कासहित ४१ रनमा अविजित रहे । दक्षिण अफ्रिकासँग पराजित भएपनि सूर्यले एकल इनिङ खेल्नेक्रममा ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

बंगलादेशसँग ३० रनमा आउट भएका थिए । जिम्बावेसँग सूर्यले २५ बलमा ६ चौका र ४ छक्कासहित ६१ रनको इनिङ खेलेका थिए । भारत उनीबाट सेमिफाइनल हुँदै फाइनलमा उत् कृष्ट प्रदर्शन चाहन्छ ।

२.म्याक्स ओडाउड (नेदरल्यान्ड्स)

नेदरल्यान्ड्सका म्याक्स ओडाउड जारी विश्वकपमा सर्वाधिक रन बनाउने सूचिमा दोस्रो स्थानमा छन् । ओडाउडले ८ खेलमा दुई अर्धशतकसहित कुल २ सय ४२ रन बनाएका छन् । उनले २ सय १५ बल खेल्दा २२ चौका र ८ छक्का हाने । उनको स्ट्राइक रेट ११२.५५ छ । नेदरल्यान्ड्सलाई सुपर १२ सम्म पुयाउँदै अन्तिम आठमा अन्त्य गर्न महत्वपूर्ण रह्यो ।

उनी युएईसँग २३ र नामिबियासँग ३५ रनमा आउट भए । श्रीलंकासँग ५३ बलमा ६ चौका र ३ छक्कासहित ७१ रनमा अविजित रहे । बंगलादेश ८, भारतविरुद्ध १६ र पाकिस्तानसँग ८ रनमा आउट भए । जिम्बावेलाई हराउन उनले ५२ रन बनाएका थिए । दक्षिण अफ्रिकाविरुद्ध २९ रनमा आउट भएका थिए ।

१. विराट कोहली (भारत)

भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । कोहलीले ५ खेलमा ३ र्अशतकसहित २ सय ४६ रन बनाएका छन् । कुल १ सय ७७ बल खेलेका कोहलीले २१ चौका र ७ छक्का प्रहार गरेका छन् ।

कोहलीले पहिलो खेलमै पाकिस्तानलाई चार विकेटले हराउन ५३ बलमा ६ चौका र ४ छक्कासहित ८२ रनमा अविजित रहँदै सानदार जित दिलाएका थिए । दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध ४४ बलमा ३ चौका र २ छक्कासहित ६२ रन बनाएका थिए ।
दक्षिण अफ्रिकासँग १२ रनमा आउट हुन पुगे । बंगलादेशविरुद्ध कोहलीले ६४ रन बनाएका थिए । जिम्बावेसँग २६ रनमा आउट भएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.