default_image

2 years ago

November 8, 2022

तीन अर्धशतकमा मधेशलाई पुलिसको बलियो लक्ष्य

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवात कमजोर रहेपनि तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई २ सय ७४ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४९.१ ओभरमा २ सय ७३ रनमा अल आउट भयो । पुलिसका उपकप्तान आरिफ शेखले ८६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ बलमा ३ चौका र १ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरका ब्याटर अमित श्रेष्ठले ९६ बलमा ९ चौकासहित ६५ रन बनाए ।

पुलिसको सुरुवात राम्रो हुन सकेन । तीव्र गतिका बलर राजेश यादवले दोस्रो ओभरको चौथो बलमा ओपनर सुनिल धमलालाई ११ रनमा क्याच गराए । अर्का तीव्र गतिका बलर रुपेश सिंहले कुशल भुर्तेललाई विकेटकिपर अनिल शाहबाट पाँच रनमा क्याच गराए ।

विशाल पटेलको बलमा योगेन्द्रसिंह कार्की फष्ट स्लिपमा शून्यमा क्याच भएपछि पुलिस ४५–३ को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि आरिफ शेख र अमित श्रेष्ठले ९० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

अमित स्पिनर हरिशंकर शाहको बलमा बोल्ड हुन पुगे । अफ साइडको अपेक्षा गरेपनि इन स्विंग हुँदै बोल्ड भएका थिए । तल्लोक्रमका दीलिप नाथ ३१ बलमा १ चौका र ३ छक्कासहित ४०, राशिद खान ४, करण केसी र सागर ढकाल १–१ रनमा आउट भए ।

मधेशका राजेश यादवले ७.१ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंहले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद आदिल आलमले १० ओभरमा २ मेडनसहित ६९ रन खर्चेर २ विकेट लिए । हरिशंकर शाहले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

पुलिस र मधेश दुबै सेमिफाइनलमा पुगेका छन् । यस खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ । उता मुलपानीमा आर्मी र कर्णालीबीचको खेल जारी छ । आर्मी विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । कर्णाली विजयी हुँदा गण्डकी सेमिफाइनलमा पुग्ने समिकरण छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.