default_image

2 years ago

November 8, 2022

कर्णालीलाई आर्मीको चुनौतीपूर्ण लक्ष्य

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ५५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । आर्मीका विनोद भण्डारीले २८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे । राजेश पुलामी मगर २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे ।

छैटौं विकेटका लागि राजेश र विनोदले ५१ रनको अविजित साझेदारी गरे । ब्याटिङका लागि कठिन मुलपानीको पिचमा ओपनर अनिल मण्डल र अर्जुन साउदले पहिलो विकेटका लागि १३.२ ओभरमा ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

अर्जुन ४६ बलमा २ चौका र १ छक्कासहित २० र अनिल मण्डल ४३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । हरि चौहान ६३ बलमा २ चौका र १ छक्कासहित ३१ तथा कुशल मल्ल २६ बलमा १ चौका र ४ छक्कासहित ३५ रनमा आउट भए । रोहित पौडेल ३५ बलमा ३ चौका र २ छक्कासहित ३५ र भीम सार्की ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए ।

कर्णालीका तीव्र गतिका बलर प्रकाश जैशीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले १० ओभरमा २ मेडनसहित ५४ रन खर्चेर २ र दीनेश अधिकारीले एक विकेट लिए । आर्मी यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । कर्णाली विजयी हुँदा गण्डकी सेमिफाइनलमा पुग्ने समिकरण छ ।

July 27, 2024

भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी आज

एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ। खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार […]

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

Success

Thank you for your time.