4 months ago
July 27, 2024
एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ।
खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।
टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए।
सूर्यकुमार यादव भारतीय टि ट्वान्टी टोलीको नयाँ कप्तान नियुक्त भएका छन्। श्रीलंकाले चरिथ असालंकालाई वानिन्दु हसारंगाको स्थानमा कप्तानीको जिम्मेवारी दिएको छ ।
दुवै टोली नयाँ प्रशिक्षकका साथ उत्रदै छन् । भारतीय टोलीमट गौतम गम्भीर र श्रीलंकाली टोलीमा सनथ जयसूर्या प्रशिक्षक छन् ।
भारतले सन् २०२४ को टि-ट्वान्टी विश्वकप जितेर आइसिसी ट्रफीको लामो खडेरीको अन्त्य गरेको थियो ।
त्यसपछि भारतले जिम्बाब्वेमा दोस्रो राजाईको टोली पठायो जहाँ उसले ५ खेलको टि-ट्वान्टी आई सिरिज ४-१ ले जित्यो।
यसैबीच, श्रीलंकाका खेलाडीहरू लंका प्रिमियर लिगमा व्यस्त थिए जहाँ असालंकाकै कप्तानीमा रहेको जाफना किंग्स च्याम्पियन भएको थियो ।
असालंका र सूर्यकुमार दुवैले यसअघि आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । असालंकाले यसै वर्षको सुरुमा बंगलादेशविरुद्ध २ टि-ट्वान्टीमा टोलीको नेतृत्व गरेका थिए।
सूर्यकुमारले सन् २०२३ को अन्त्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध ७ टि ट्वान्टीमा आफ्नो कप्तानी भुमिका निभाएका थिए ।
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय युवा ओपनर अभिषेक शर्माले टि ट्वान्टी क्रिकेटमा २८ बलमै शतक पूरा गरेका छन् । भारतको राष्ट्रिय घरेलु प्रतियोगिता शैद मुश्ताक अली ट्रफीमा उनले पञ्जाबबाट मेघालयविरुद्ध २८ बलमा शतक हानेका हुन् । १ सय ४३ रनको लक्ष्य ९.३ ओभरमा पूरा गर्ने क्रममा उनले २९ बलमा ८ चौका र ११ छक्कासहित कुल […]
December 5, 2024
एजेन्सी – टि ट्वान्टी क्रिकेटको इतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ । बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टि ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो । बरोडाले आफ्नो इनिङमा ३७ छक्का प्रहार गर्दै अर्को टि […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको पाँच विकेटको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन मात्र […]