default_image

2 years ago

November 8, 2022

कुशल भुर्तेलको घातक पाँच विकेटमा पुलिसको विशाल जित

126 views

0 Bookmark

काठमाडौं( हाम्रो खेलकुद) – लेग स्पिनर कुशल भुर्तेलले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पुलिस समूह बी बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

जितको लागि २ सय ७४ रनको बलियो लक्ष्य पछ्याएको मधेश २९.३ ओभरमा ८२ रनमा अल आउट भयो । मधेशका लागि आदिल आलम अन्सारीले ७६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवाती ५९ बलमा ९ रन मात्रै जोडेका आदिलले बाँकी १७ बलमा ३३ रन जोडेका थिए । आदिललाई बोल्ड गर्दै कुशलले पहिलो पटक आफ्नो करिअरमा पाँच विकेट लिन सफल भए ।

रतन रौनकले ३० बलमा १ चौकासहित ११ रन बनाए । कप्तान हरिशंकर शाह १८ बलमा १ चौकासहित १० रनमा आउट भए । तीव्र गतिका बलर राशिद खानले सन्तोष कार्कीलाई ३ रनमा ललितनारायण राजवंशीबाट क्याच भए । त्यसपछि मधेशले लगातार विकेट गुमायो ।

राशिद खानले कप्तान हरिशंकर शाहलाई एलबीडब्लू आउट गरे । करण केसीले अनिल शाहलाई ५ रनमा एलबीडब्लू आउट गरे । रोहन विक करण कै बलमा शून्यमा क्याच भए । करणले विवेक यादवलाई एक रनमा बोल्ड गरेपछि मधेश २३–५ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यसपछि चोभार एण्डबाट आएका पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलले मधेशको ब्याटिङ धरासयी बनाए । बाँकी पाँच विकेट कुशलले लिए । कुशलले रतन रौनकलाई एलबीडब्लू आउट गर्दै पहिलो विकेट लिए । रतन आउट हुँदा मधेश ४०–६ को अवस्थामा थियो । राजेश यादवलाई मिड अनमा क्याच गराउँदै ह्याट्रिक नजिक पुगेका थिए । तर ह्याट्रिक बल उनले अफ स्टम्प बाहिर फ्याँलेका थिए ।

रुपेश सिंहलाई शून्यमा कुशलले बोल्ड गरे । प्रदीप पासवानलाई एलबीडब्लू आउट गदै ब्यक्तिगत चार विकेट पूरा गरेका थिए । आदिल खानले ६० बलमा पहिलो बाउन्ड्री प्रहार गरेका थिए । आदिलले एक समय ५९ बलमा ९ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीलाई लङमा सानदार छक्का हानेका थिए । त्यसपछि लगातार दुई चौका हाने ।

नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । करण केसीले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ६ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४९.१ ओभरमा २ सय ७३ रनमा अल आउट भयो । पुलिसका उपकप्तान आरिफ शेखले ८६ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ४३ बलमा ३ चौका र १ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरका ब्याटर अमित श्रेष्ठले ९६ बलमा ९ चौकासहित ६५ रन बनाए ।

पुलिसको सुरुवात राम्रो हुन सकेन । तीव्र गतिका बलर राजेश यादवले दोस्रो ओभरको चौथो बलमा ओपनर सुनिल धमलालाई ११ रनमा क्याच गराए । अर्का तीव्र गतिका बलर रुपेश सिंहले कुशल भुर्तेललाई विकेटकिपर अनिल शाहबाट पाँच रनमा क्याच गराए ।

विशाल पटेलको बलमा योगेन्द्रसिंह कार्की फष्ट स्लिपमा शून्यमा क्याच भएपछि पुलिस ४५–३ को अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि आरिफ शेख र अमित श्रेष्ठले ९० रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

अमित स्पिनर हरिशंकर शाहको बलमा बोल्ड हुन पुगे । अफ साइडको अपेक्षा गरेपनि इन स्विंग हुँदै बोल्ड भएका थिए । तल्लोक्रमका दीलिप नाथ ३१ बलमा १ चौका र ३ छक्कासहित ४०, राशिद खान ४, करण केसी र सागर ढकाल १–१ रनमा आउट भए ।

मधेशका राजेश यादवले ७.१ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंहले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद आदिल आलमले १० ओभरमा २ मेडनसहित ६९ रन खर्चेर २ विकेट लिए । हरिशंकर शाहले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो । दोस्रो खेलमा प्रदेश एकलाई ७ विकेट र लुम्बिनी प्रदेशलाई ६ विकेटले हराएको थियो । पुलिस ४ खेलमा ८ अंकका साथ समूह बी मा शीर्ष स्थानमा रह्यो । मधेश ४ खेलमा २ मा जित, एक टाई र एक हारसहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

पुलिसले समूह ए को उपविजेतासँग खेल्नेछ । समूह ए को सेमिफाइनल कर्णाली र आर्मीको खेलले निर्धारण गर्नेछ । एपिएफ ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा छ । यदि आर्मी विजयी भएमा उपविजेता बन्नेछ । आर्मी पराजित भएमा गण्डकी उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

मधेशले एपिएफसँग सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनलमा बिहीबार मधेश र एपिएफबीच टियुमा खेल हुनेछ । दोस्रो सेमिफाइनलमा पुलिस र समूह बी को उपविजेतासँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.