default_image

2 years ago

November 8, 2022

रोहितको अलराउन्ड प्रदर्शनमा आर्मी सेमिफाइनलमा

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

जितको लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २८.३ ओभरमा १ सय १४ रनमा अल आउट भयो । कर्णालीका ओपनर विपिन रावलले ६३ बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

एक समय कर्णाली ९०–४ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । कर्णालीका प्रकाश जैशी र सन्दीप शाहीले ११–११ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

आर्मीका रोहित पौडेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । हरि चौहान र साहब आलमले दुई दुई विकेट लिए । जितेन्द्र मुखिया र सुशन भारीले एक एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो । आर्मीका विनोद भण्डारीले २८ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रनमा अविजित रहे । राजेश पुलामी मगर २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा अविजित रहे ।

छैटौं विकेटका लागि राजेश र विनोदले ५१ रनको अविजित साझेदारी गरे । ब्याटिङका लागि कठिन मुलपानीको पिचमा ओपनर अनिल मण्डल र अर्जुन साउदले पहिलो विकेटका लागि १३.२ ओभरमा ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए ।

अर्जुन ४६ बलमा २ चौका र १ छक्कासहित २० र अनिल मण्डल ४३ बलमा ३ चौकासहित १७ रनमा आउट भए । हरि चौहान ६३ बलमा २ चौका र १ छक्कासहित ३१ तथा कुशल मल्ल २६ बलमा १ चौका र ४ छक्कासहित ३५ रनमा आउट भए । रोहित पौडेल ३५ बलमा ३ चौका र २ छक्कासहित ३५ र भीम सार्की ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए ।

कर्णालीका तीव्र गतिका बलर प्रकाश जैशीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले १० ओभरमा २ मेडनसहित ५४ रन खर्चेर २ र दीनेश अधिकारीले एक विकेट लिए ।

समूह ए मा नेपाल एपिएफ क्लब ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । आर्मी ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल पक्का गर्यो । नेपाल पुलिस क्लब ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । मधेश ४ खेलमा २ मा जित, एक मा टाई र एकममा हारका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्यो ।

पहिलो सेमिफाइनलमा एपिएफ र मधेशबीच बिहीबार टियु मैदानमा प्रतिस्पर्धा हुनेछ । सोहि दिन पुलिस र आर्मीबीच मुलपानीमा दोस्रो सेमिफाइनल हुनुपर्ने हो । तर उक्त सेमिफाइनल खेल शुक्रबारको लागि टियुमा सारिएको बताइएको छ । क्यानले औपचारिक रुपमा जनाएको भने छैन । फाइनल आइतबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.