3 years ago
November 8, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तान १३ वर्षपछि टि२० विश्वकपको फाइनलमा पुग्ने सोचका साथ मैदान उत्रनेछ । पाकिस्तान जारी विश्वकपको सबैभन्दा भाग्यशाली टोली बन्यो । सुरुवाती दुई खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना लगभग सकिएको थियो । तर अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध भएपछि पाकिस्तान नाटकीय रुपमा सेमिफाइनलमा पुगेको हो ।
निकै भाग्यमानी मानिएको पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्ने सोचमा हुनेछ । पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप जितेको थियो । त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको छैन ।
पहिलो संस्करण २००७ को विश्वकपमा पाकिस्तान फाइनलमा भारतसँग पाँच रनले पराजित भएको थियो । पाकिस्तानले १९९२ को एकदिवसिय विश्वकप उपाधि जित्दा सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
२०१० को टि२० विश्वकपको सेमिफाइनलमा पाकिस्तान अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो । गतवर्ष विश्वकपमा पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

पाकिस्तान महत्त्वपूर्ण खेलमा कप्तान बाबर आजम र मोहम्मद रिजवानबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । यी दुई ब्याटर पाकिस्तानका प्रमुख हतियार हुन् । यस विश्वकपमा भने दुवैले सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । पाकिस्तानले पाएको यो अवसर बाबर र रिजवानका लागि पनि फलदायी सावित हुन सक्छ ।
मध्यक्रमका तीन ब्याटर मोहम्मद हरिस, इफ्तिखार अहमद र शान मसुदको प्रदर्शन महत्वपूर्ण हुनेछ । भारतविरुद्ध अर्धशतक हानेका इफ्तिखार र मसुदबाट मध्यक्रममा भरपर्दो ब्याटिङ चाहन्छ । इफ्तिखारले भारत र दक्षिण अफ्रिकाविरुद्ध सानदार ब्याटिङ गरेका थिए । उनी न्युजिल्यान्डलाई घातक बन्नसक्छन् ।
यता शादब खानले दक्षिण अफ्रिकाविरुद्ध २० बलमै अर्धशतक हानेका थिए । पाकिस्तान शादब र मोहम्मद नवाजबाट राम्रो अन्त्य चाहन्छ । पाकिस्तानको मध्यक्रम प्रमुख समस्या हो । तर यस विश्वकपमा मध्यक्रम भन्दा ओपनरको प्रदर्शन ठूलो चिन्ताको विषय बनेको छ ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद वासिम जुनियर छन् । अफ्रिदीले बंगलादेशविरुद्ध चार विकेट लिँदै लयमा फर्किएको संकेत दिएका छन् । उनबाट पाकिस्तान उत्कृष्ट प्रदर्शन चाहन्छ ।
रौफले डेथ ओभरमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । नसिम शाह र जुनियरले पनि लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । स्पिनरमा शादब खान र नवाज रहनेछन् । शादबले बलिङमा पनि सानदार प्रदर्शन गर्दै आएका छन् ।
पाकिस्तान अप्रत्याशित टोली हो । कुन बेला कस्तो नतिजा निकाल्न अनुमान गर्न कठिन पर्छ । सुरुवाती दुई खेलमा हारपछि पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेदरल्यान्ड्सँग पराजित भएपछि सेमिफाइनलमा स्थान बनाएको हो । अन्यथा पाकिस्तान अन्तिम खेलमा जितका साथ बाहिरिनु पर्ने समीकरण थियो । अथवा भारतले जिम्बावेसँग हार्नै पर्ने हुन्थ्यो । पाकिस्तानले सेमिफाइनलमा कुनै खेलाडी परिवर्तन गर्ने सम्भावना निकै कम देखिन्छ ।
पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म २८ टि२० आई खेल भएका छन् । पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेला पाकिस्तान चार खेलमा विजयी भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]